बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश ५ मन्त्रिपरिषद्  बैठक : यस्ता छन् ५ निर्णय

सोमबार, १७ चैत २०७६, २० : ०१
सोमबार, १७ चैत २०७६

बुटवल । प्रदेश ५  सरकारले सीमा क्षेत्रमा अलपत्र परेकालाई सम्बन्धित जिल्लामा समूह बनाइ पठाउने निणर्य गरेको छ । आज बुटवलमा  बसेको मन्त्रपरिषद् बैठकले सो निर्णय गरको हो । बैठकले  सिमाक्षेत्रमा समस्यामा परेकाहरुको उद्धारदेखी किसानलाई सहयोग गर्नेसम्मका निणर्यहरु सार्वजनिक गरेको छ । सीमाबाट उद्दार गरेर ल्याइएका नागरिकलाइ स्थानीय तहले क्वारेन्टाइनमा राख्ने र खानपिनको व्यवस्था गर्ने निणर्य मन्त्रिपरिषद बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ ।

त्यस्तै, सरकारले लक डाउनका कारण प्रभावित भएका किसानहरुका लागि विशेष सहजता प्रदान गर्ने भएको छ । खेती स्याहार्ने बेला भएकाले कृषि प्रयोजनमा प्रयोग हुने थ्रेसर, कम्बाइन मेशिन लगायत सामाग्रीको बन्दोबस्त समेत सरकारले गर्ने जनाएको छ । त्यस्तै लकडाउनका बेला अत्यावश्यक कामका लागि बाहिर निस्किनेहरुका जिल्लाभित्र र बाहिरका लागि प्रमुख जिल्ला अधिकारीले पासको व्यवस्था मिलाउन सक्ने निर्णय भएको छ भने गाउँ र नगरपालिकाभित्र कार्यकारी अधिकृतलाई उक्त जिम्मेवारी तोकिएको छ ।

उता, पशु र कृषिजन्य उपज बिक्री वितरणका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले विशेष पहल सुरु गरेको छ । लक डाउनका कारण किसानहरुले उत्पादन गरेका माछा, मासु र दुध बिक्री वितरणमा समस्या भएको भन्दै यसका लागि मन्त्रालयले विशेष पहल सुरु गरेको हो । त्यसका लागि मन्त्रालयले कृषि संकलन स्थलसम्म ल्याउने साधनको व्यवस्थापन गरेको छ । यसअघि किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य उत्पादन बिक्री वितरणमा समस्या भएको गुनासो आएका थिए । 

मन्त्रिपरिषद्का ५ निर्णय

१. सीमा क्षेत्रमा अलपत्र परेकालाई सम्बन्धित जिल्लामा समूह बनाइ पठाउने । ती नागरिकलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने र खानपिनको व्यवस्था गर्ने ।

२.निर्माण क्षेत्रमा काम गर्ने मजदुरलाई घर पठाउने व्यवस्था गर्ने, त्यसका लागि यातायातका साधनका लागि पासको व्यवस्था प्रमुख जिल्ला अधिकारीले मिलाउने, सम्बन्धित निमार्ण कम्पनीले गाडीको व्यवस्था गर्ने ।
३. खेती स्याहार्ने बेला भएकाले कृषि प्रयोजनमा प्रयोग हुने थ्रेसर, कम्बाइन मेशिन लगायतका सामाग्री उपलव्ध गराउने । लकडाउनका बेला अत्यावश्यक कामका लागि बाहिर निस्किनेहरुका जिल्लाभित्र र बाहिरका लागि प्रमुख जिल्ला अधिकारीले पासको व्यवस्था मिलाउने । गाउँ र नगरपालिकाभित्र कार्यकारी अधिकृतलाई उक्त जिम्मेवारी दिने ।

४. एम्बुलेन्स चालकका लागि १२ वटै जिल्ला प्रशासन कार्यालयमा पिपिई पठाइएको छ । एम्बुलेन्स चालकलाई पिपिई उपलब्ध गराउने काम प्रमुख जिल्ला अधिकारीले गर्ने ।

५. प्रदेश ५ मा तीनवटा प्रयोगशाला स्थापना गर्ने । ती प्रयोगशाला भैरहवाको गहुँ बाली अनुसन्धान केन्द्र परिसरमा, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र नेपालगञ्जको भेरी अस्पतालमा   स्थापना गर्ने । तत्काल प्रयोगशाला स्थापना गरी कोरोना भाइरसको परीक्षण शुरु गर्ने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप