मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्यमन्त्री ढकाललाई काँग्रेस प्रमुख सचेतक खाँणको फोन

सोमबार, १७ चैत २०७६, १९ : ५६
सोमबार, १७ चैत २०७६

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले कोरोना भाइरस नियन्त्रण, न्यूनीकरण एवं उपचारका लागि सरकारले ल्याएको स्वास्थ्य उपकरण तथा सामग्रीहरु अविलम्ब सबै प्रदेश र जिल्लामा पुर्‍याउन आग्रह गरेको छ । 


काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई टेलिफोन गरेर देशभरका सबै स्वास्थ्य केन्द्रमा आवश्यक पर्ने स्वास्थ्य उपकरण तथा सामग्री वितरणको यथाशिघ्र व्यवस्था गर्न सुझाव दिएका हुन् ।

खाँणले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा सम्लग्न चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मी र सुरक्षार्थ खटिने सुरक्षाकर्मीहरुको आत्मबल बढाउने काम गर्न पनि स्वास्थ्यमन्त्रीलाई आग्रह गरे । 

त्यस्तै निजी अस्पताल र स्वास्थ्य संस्थालाई आवश्यक पर्ने स्वास्थ्य उपकरण तथा सामग्रीहरु उपलब्ध गराइ कोरोना रोकथाम, नियन्त्रण तथा उपचार अभियानमा सहभागी गराउने सुझाव पनि खाँणले दिए ।


जवाफमा स्वास्थ्य मन्त्री ढकालले नेपालमा ल्याइएको स्वास्थ्य उपकरण तथा सामग्रीहरु सोमबार बिहानबाट वितरण भइरहेको र साँझसम्म सबै प्रदेशमा वितरण हुने र प्रदेशबाट सबै जिल्लाहरुमा वितरण भएको बताएका थिए ।

मन्त्री ढकालले निजी अस्पताल तथा स्वास्थ्य संस्थालाई पनि कोराना रोकथाम, नियन्त्रण तथा उपचारमा सहभागी गराउने प्रयास भइरहेको बताएको खाँणले जानकारी दिए । 

मन्त्री ढकालले कोरोना रोकथामका लागि काँग्रेसलाई सहयोग गर्न आग्रह समेत गरेका खाँणले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप