बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बार्सिलोनाको प्रशिक्षक बन्न ज्याभी तयार !

सोमबार, १७ चैत २०७६, १९ : ४१
सोमबार, १७ चैत २०७६

बार्सिलोनाका पूर्व खेलाडी ज्याभीले आफू बार्सिलोनाको म्यानेजर बन्न तयार रहेको बताएका छन् । तर, उनले भविष्यमा क्लबको म्यानेजर नियुक्त भए ड्रेसिङ रुममा विषालु वातावरण हुन नहुनेमा जोड दिएका छन् ।

४० वर्षीय स्पेनिस खेलाडीले क्याम्प नाउमा १८ वर्ष बिताउँदै ७ सय खेल खेलेका थिए । बार्सामा रहँदा उनले २५ ट्रफी उचालेका थिए । जसमा ८ ला लिगा र चार च्याम्पियन्स लिग उपाधि थियो । ज्याभीलाई उनको पिढीको उत्कृष्ट मिडफिल्डर मध्ये एक मानिन्छ ।

सन् २००८ र २०१२ को बीचमा स्पेनका लागि दुई युरोकप र एक विश्वकप पनि जिते ।

सन् २०१५ मा बार्सिलोना छाड्दै ज्याभी कतारको अल सादसँग आबद्ध भएका थिए । त्यहाँ चार वर्ष खेलाडीका रुपमा बिताएपछि उनी प्रशिक्षक बनेका थिए ।

गत जनवरीमा बार्साले अर्नेस्टो भाल्भर्डेलाई बर्खास्त गरेर ज्याभीलाई प्रशिक्षकको रुपमा भित्र्याउन चाहन्थ्यो । तर, उनले अस्वीकार गरेपछि क्वीके सेटिनमा बार्साले चित्त बुझाउनु परेको थियो ।

ज्याभीले त्यतिबेला बार्साबाट आफूलाई अफर आएपनि उक्त जिम्मेवारीका लागि अझै चाँडो भएको बताएका थिए ।

अहिले आफ्नो पूर्ववत भनाईबाट यूटर्न गर्दै आफ्नो पूर्व क्लबमा फर्कनका लागि आफू निकै उत्साहित रहेको बताएका हुन् । स्पेनिक पत्रिका ला भानगुआर्डियासँगको कुराकानीमा उनले सो कुरा बताएका हुन् ।

‘म प्रष्ट छु, म बार्सिलोना फर्कन चाहन्छु,’ उनले भने, ‘मैले प्रशिक्षण गरेका अनुभव लिएपछि म त्यो कुरा यहाँ पनि लागु गर्न सक्छु ।’

‘तर, मैले उनीहरुलाई स्पष्ट पारेछु । म आफूलाई जिरोबाट सुरु हुन लागेको प्रोजेक्टमा देख्छु र त्यहाँ मेरो निर्णयहरु लागू हुनुपर्छ ।’

‘म मैले विश्वास गर्न सक्ने मानिसहरुसँग काम गर्न चाहन्छु । जो निष्ठावान छन्,’ उनले थपे, ‘डे«सिङ रुपमा विषात्त वातवरण हुनुभएन ।’

अहिलेलाई बार्सिलोना सेटिनको नेतृत्वमा छ । तर, दुई महिनामा उनले क्लब र फ्यानलाई आश्वस्त पार्न सकेका छैनन् । बार्सिलोना यतिबेला ला लिगाको शीर्ष स्थानमा रहेको छ भने च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।

यतिबेला लुइस सुवरेज र ओसमान डेम्बेले घाइते हुँदा बार्सिलोनाको आक्रमण कमजोर बनेको छ । अर्को  सिजन नेयमार पेरिस सेन्ट जर्मेनबाट बार्सिलोना भित्रने पनि चर्चा छ । तर, ज्याभी भने त्यसको पक्षमा छैनन् । नेयमारभन्दा डर्टमन्डका विंगर जाडोन सान्चो र बायर्न म्युनिखका सर्जे ग्नाब्री बार्सिलोनका लागि उपयुक्त हुने उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप