लकडाउनमा पनि यूनाईटेड इन्स्योरेन्सको बिमा पोलिसी, नविकरण तथा बिमा दावी दर्ता घरबाटै
काठमाडौं– यूनाईटेड इन्स्योरेन्स कम्पनीले आफ्ना बिमितहरुको सुविधालाई लकडाउनको समयमा घरबाटै बिमा पोलिसी जारी तथा नविकरण गर्न सकिने व्यवस्था मिलाएको छ ।
कोरोनाभाइरस (कोभिड–१९)ले विश्वव्यापीरुपमा निम्त्याएको स्वास्थ माहामारीबाट सुरक्षित रहनको लागि नेपाल सरकारले लकडाउनको आदेश जारी गर्दै आम जनमानसलाई घर भित्रै रहनको लागि अनुरोध गरिरहेको अवस्थामा पनि इन्स्योरेन्सले सेवा दिएको हो ।
हालको परिस्थितीमा इमेल इन्टरनेट अनलाइनबाट सुविधा उपभोग गर्न सकिने भएपनि इन्टरनेटमा अत्याधिक चाप बढ्न गएको अवस्थामा समेत आफ्नो सेवालाई चुस्त बनाई राख्न सम्वन्धित व्यक्तिलाई सम्पर्क गरेर सेवा लिन सकिने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ ।
कम्पनीले आफ्ना सेवाग्राहीहरुका लागि सबै शाखा कार्यालय ईन्चार्जहरु तथा केन्द्रिय कार्यालयका निम्न व्यक्तिहरुलाई सम्पर्क गरि घरबाटै कम्पनीका सुविधाहरु प्राप्त गर्न सकिने जानकारी गराएकोछ ।
कम्पनीले हालको विषम परिस्थितीमा आफ्नो उत्कृष्ठ सेवा दिन तथा चुस्त दुरुस्त बनाउनको लागि आवश्यक प्रविधिको प्रयोग गर्दै अनलाईन सेवा मार्फत अझ परिस्कृत गर्दै आफ्ना बिमितहरुको काम कारवाही सरल र सहज रुपमा विना रोकटोक प्रभावकारी ढंगबाट अघि बढाउने र आगामी दिनहरुमा समय सापेक्ष सुदृढ रुपमा अघि बढाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
यस सम्वेदनशिल परिस्थितीमा आईपरेका कठिनाईमा कम्पनी बिमितहरुको साथमा रहेको जनाउदै बिमितहरुले बिमालेख जारी गर्न तथा बिमालेख नविकरण गर्न कम्पनीको इसेवा तथा बैंक खाता रहेको एनआइसी एशिया बैंकमार्फत अनलाइन भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारामा ८ महिनापछि वर्षा, वन्यजन्तु र डढेलो नियन्त्रणमा राहत
-
पीएसजीलाई हराउँदै वोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा
-
गौरीगङ्गामा अवैध काठ बरामद
-
सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन
-
भक्तपुर अस्पतालमा १८ करोडको सुविधा सम्पन्न भवन निर्माण
-
अभिनेता सलोन बस्नेतलाई पुत्री लाभ