बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

युवराज चार्ल्स सेल्फ आइसोलेसनबाट बाहिरिए

सोमबार, १७ चैत २०७६, १८ : ४५
सोमबार, १७ चैत २०७६

एजेन्सी । बेलायतका युवराज चार्ल्स सेल्फ आइसोलेसनबाट बाहिरिएका छन् । एकहप्ताअघि गरिएको स्वास्थ्य परीक्षणमा कोरोना संक्रमण (कोभिड–१९) पोजेटिभ देखिएका उनी तत्काल सेल्फ आइसोलेसनमा बसेका थिए ।

उनको स्वास्थ्यमा राम्रो सुधार आएको चिकित्सकले जानकारी दिएपछि उनी सेल्फ आइसोलेसनबाट बाहिरिएको क्लेरेन्स हाउसले जानकारी दिएको छ । ७१ वर्षीय चाल्र्सले सोमबार चिकित्सकहरुसँग परामर्श गरेका थिए । चिकित्सकहरुले स्वास्थ्यमा सुधार आएको बताएपछि उनी सेल्फ आइसोलेसनबाट बाहिरिएको बीबीसीले जनाएको छ ।

अघिल्लो हप्ता राजकुमार चाल्र्सलाई कोरोना पोजेटिभ देखिएलगत्तै उनकी श्रीमती डचेज कोर्नावालको पनि स्वास्थ्य परीक्षण गरिएको थियो, तर उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थिएन । श्रीमतीलाई कोरोना संक्रमण नभएपनि उनीहरु त्यसबेला देखिनै अलग–अलग आइसोलेसनमा बस्न थालेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप