शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकारद्वारा घोषित राहत कार्यक्रम अव्यावहारिक : नेता पौडेल

सोमबार, १७ चैत २०७६, १६ : ४६
सोमबार, १७ चैत २०७६

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रदीप पौडलले सरकारद्वारा घोषित राहत कार्यक्रम अव्यावहारिकका साथै बढी  प्रचारमुखी देखिएको बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत  नेता पौडेलले कोरोना भाइरसबाट उत्पन्न परिस्थितिलाई मध्यनजर गरी आइतबार सरकारले घोषणा गरेको राहत कार्यक्रम   अव्यावहारिक भएको बताएका हुन् । 

खाद्य संस्थान र साल्ट ट्रेडिङबाट बिक्री हुने दाल चामल लगायतका खाद्य वस्तुमा १० प्रतिशत छुट दिने निर्णय गरेछ, उनले भने, तर, न्यून आय भएका  गरिव, दैनिक ज्यालादारी गर्ने मजदुर र विद्यार्थीले कसरी प्राप्तगर्ने?  संयन्त्र खै ? व्यावहारिकता खै ?

निजी स्कुलले एक महिनाको शुल्क महिना गर्नुपर्ने  सरकारको निर्णयको सुनिश्चिता नभएको नेता पोेडेलको भनाइ छ ।  निजी स्कुलले पनि एक महिनाको शुल्क लिन नपाउने भनिएको छ । जवकि प्रायजसो अभिभावकले चैत महिनाको शुल्क तिरिसकेका छन् । यसको सुनिश्चितता कसले कसरी गर्ने ? अनि निगरानी कसले गर्ने ?, उनले प्रश्न गर्दै भने ।

 
व्यवसायीहरू मार्फत नै दैनिक उपभोग्य बस्तु सहज र सुफत मुल्यमा उपलब्ध गराउने सुनिश्चितता गरी कार्यान्वयनमा लान प्रदेश र स्थानीय सरकारलाई जिम्मेवार र जवाफदेही वनाउँनु पर्दैन भन्दै उनले प्रश्न गरे ।

अत्यावश्यक सामान खरिदमा अनियमितता सम्बन्धमा राष्ट्रिय स्तरका सञ्चार माध्यममा तथ्य र प्रमाण सहित नै समाचार नेता पौडेलले स्मण गराए । 

उनले भने,  भ्रष्टाचारी, कालोबजारी साथै कृतिम अभाव सृजना गर्नेलाई कानूनी दायरामा ल्याएने कुनै चासो नै देखिदैन । यही हो भ्रष्टाचारी विरुद्ध बालुवाटारको शून्य सहनशीलता ?

यस बिषम परिस्थितिको अनुचित लाभलिन खोज्नेहरूविरुद्ध प्रधानमन्त्रीले पटक पटक भन्ने गरेको शून्य सहनशीलता व्यवहारमा लागू गर्नु  नेता पौडेलले ध्यानाकर्षण गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप