शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश सांसदले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण : एक महिनाको व्याज र किस्ता मिनाहाको माग

सोमबार, १७ चैत २०७६, १६ : ३७
सोमबार, १७ चैत २०७६

जनकपुर । विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणविरुद्ध सरकार लागिपरेका बेला जनकपुरमा स्थानीयस्तरमा सञ्चालित विभिन्न लघुवित्त संघ संस्थाले सावा व्याज उठाइरहेको भन्दै प्रदेश नम्बर २ का प्रदेश सांसद रुबी कुमारी कर्णले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी छन् । उनले जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी हुन् ।

सोमबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई बुझाएको ध्यानाकर्षण पत्रमासप्तरी सहित सिरहा तथा अन्य जिल्लाका केही वित्तीय संस्थाहरुले कर्जा लगानी तथा व्याज र साँवा असुली गरीरहेकाले त्यस्ता वित्तीय संस्थाहरुको अनुगमन गरी कारवाहीको दायरामा ल्याउन माग गरिएको छ ।

गाउँघरमा समुह बनाई लगानी गर्दै आएका लघुवित्त बैंकहरुले कर्जा लगानी, साँवा र ब्याज असुली तत्काल बन्द गरी महामारीको अवधि (एक महिना) का व्याज मिनाहा तथा एक महिना किस्ता नलिन पहल गरिदिन उनको माग छ ।

ग्रामिण विकास बैंक, स्वालम्बलन विकास बैंक, छिमेकी बैंक, स्वदेशी लघुवित्त बैंक, स्वडेक संस्था, महुली सामुदायिक विकास लघुवित्त संस्थाहरुले देशका प्रायः सबै क्षेत्रमा आफ्ना कारोवार गर्दै आएको र सो संस्थाहरुसँग लाखौँ परिवार आबद्ध रहेको भन्दै उनले ती संस्थाहरुले गरेको समुह लगानीको  किस्ता हप्ता दिन, पन्ध्र दिन तथा महिना दिनमा लिँदै आएकोले एक महिनाको किस्ता र ब्याज मिनाहा गर्ने व्यवस्था मिलाउन आग्रह गरेकी छन् ।

त्यस्तै दैनिक छाक टार्ने मजदुरहरुका समस्यालाई मध्यनजर गरी उनीहरुको सहजताको लागि सरकारले घेषणा गरेको राहत प्याकेज लक्षित परिवार समक्ष निष्पक्षरुपले पु¥याउँन स्थानीय तहलाई दवाव दिनुपर्ने देखिएको भन्दै प्रदेश सांसद कर्णले त्यसको लागि समेत पहल गरिदिन माग गरेकी छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप