शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा कोरोनाको आशंकामा मृत्यु भएका युवाको २४ घण्टापछि यस्तो आयो अन्तिम रिपोर्ट

सोमबार, १७ चैत २०७६, १६ : ०९
सोमबार, १७ चैत २०७६

बुटवल । आइतबार बुटवलमा मृत्यु भएका रुपन्देही सैनामैना बस्ने बाबुराम थापा क्षेत्रीको अन्तिम रिपोर्टमा कोरोना नेगेटिभ देखिएको छ । उनको अस्पतालमा मृत्यु भएको २४ घण्टापछि अस्पतालले रिपोर्ट सार्वजनिक गरेको हो ।

दुबईबाट नेपाल आउदा नै सामान्य ज्वरो आएका क्षेत्री स्वदेश आइसकेपछि मेडिकल, स्वास्थ्यचौकी हुँदै चैत १३ गते बुटवल धागो कारखानास्थित अस्थायी कोरोना विशेष आइसोलेसन अस्पताल पुगेका थिए ।

 उपचारकै क्रममा उनको आइतबार दिउँसो १ बजे मृत्यु भएको थियो । थापाको काठमाडौबाट सोमबार ल्यावको रिर्पोट आएको र कोरोना नेगेटिभ रहेको बुटवल कोरोना अस्पतालका फोकल पसर्न डा.सुर्दशन थापाले रातोपाटीलाई जानकारी दिए ।

उनले भने, ‘ल्यावको दुवै रिर्पोट हेर्दा कोरोना भन्न सकिने अवस्था छैन । ’

सैनामैना मूर्गियादेखि विद्युतीय रिक्सामार्फत आइसोलेसन अस्पतालमा पुगेका उनलाई १३ गते साँझ नै भर्ना गरिएको थियो । अस्पतालमा गएपनि ज्वरो आउने र स्वासफेर्न गाह्रो भइरहेको अवस्थामा उनको आईतवार मृत्यु भएको थियो । रोजगारीको लागि दुबई गएका क्षेत्री चैत्र ६ रुपन्देही आएका हुन् ।

१३ गते अस्पताल पुगेपनि उनको स्वाव भने १६ गते विहान मात्र परीक्षणको लागि काठमाडौ पठाइएको थियो । थापाको शव लुम्बिनी प्रदेशिक अस्पतालमा बुटवलमा रािखएको छ भने उनका श्रीमती र छोराहरुलाई होम क्यारेन्टटाईमा राखिएको छ ।

नेपालमा ५ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपनि एकजना उपचारपछि निको भएर घर फर्किईसकेका छन् भने चारजना उपचाररत रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप