शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुडान मिसनमा रहेका सेनाका लेफटिनेन्ट कर्णेलको निधन

सोमबार, १७ चैत २०७६, १५ : २७
सोमबार, १७ चैत २०७६

काठमाडौँ । नेपाली सेनाका प्रमुख सेनानी (लेफिटिनेन्ट कर्णेल) रिदेश बिष्टको आइतबार निधन भएको छ । संयुक्त राष्ट्र संघको सुडान मिसनमा रहेका बिष्टको हृदयघातबाट निधन भएको हो । 

९ महिनाअघि सुडान मिसन ‘स्टाफ अफिसर’ का रूपमा खटिएका बिष्टको सुडानस्थित मिसन मुख्यालय जालिङ्गीमा मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका प्रमुख विज्ञानदेव पाण्डेले पुष्टि गरे । 

सैनिक मुख्यालय जंगी अड्डाको सिकायत जाँच निर्देशनालयमा दरबन्दी भएका विष्ट ललितपुर सानेपाका स्थायी बासिन्दा हुन् । 

प्रमुख सेनानी विष्टको शव सुडानबाट नेपाल ल्याउने बिषयमा छलफल भइरहेको उनले बताए । निश्चित प्रक्रिया पुरा गरेर मात्र संयुक्त राष्ट्र संघले शव हस्तानान्तरण गर्ने भएकाले विष्टको शव नेपाल ल्याउन समय लाग्ने बताइएको छ । 

सुडान मिसन मुख्यालयले भने आइतबार नै संयुक्त राष्ट्र संघको सम्मान दिँदै विष्टलाई अन्तिम श्रदान्जली दिएको छ । विष्टको शव अहिले सुडानस्थित एक अस्पतालमा राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप