शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कुवेतबाट आएकी युवतीसहित पाँच जनामा कोरोना नेगेटिभ

सोमबार, १७ चैत २०७६, १४ : ४३
सोमबार, १७ चैत २०७६

दाङ । चैत ६ गते कुवेतबाट नेपाल आएकी एक युवतीसहित पाँच जनामा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ । दाङको बेलझुण्डी कोरोना विशेष अस्पतालको आइसोलेसनमा रहेका कुवेतबाट आएकी युवतीसहित ५ जनाको रिपोर्ट नेगेटिभ आएको हो । 

जिल्लाको बबई गाउँपालिका निवासी १९ वर्षीया ती युवतीसहित ५जनाको सोमबार मात्रै रिपोर्ट आएको तुलसीपुरस्थित कोरोना विशेष अस्पतालका सदस्य सचिव डा. सर्वेश शर्माले बताए ।

नेगेटिभ रिपोर्ट आएका पाँच जनालाई भने आजै डिस्चार्ज गरिने शर्माले बताएका छन । उनले डिस्चार्ज गरिएपनि उनीहरुलाई घरमा अझैं एक  हप्ता क्वारेन्टाइनमा बस्न सुझाव दिइने जानकारी दिए। 

कोराना भाइरसको आशंका गरिएका  बेलझुण्डी अस्पतालको आइसोलेसनमा उपचाररतः सबैको नमुना संकलन गरी केहि दिन अगाडि मात्रै स्वाब परीक्षणको लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको सो अस्पतालले जानकारी दिएको छ ।

बेलझुण्डी स्थित कोरोना विशेष अस्पतालमा सोमवारसम्म ११ जना आइसोलेनसमा बस्दै आएका छन । ५ जनाको डिस्चार्ज पछि अब बेलझुण्डीमा ६ जना मात्रै आइसोलेसनमा रहनेछन्।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप