रेखाको प्रश्न ‘सेलिब्रेटीले कोरोना रोक्ने बजेट जुटाउने हो र ?’
काठमाडौँ । अभिनेत्री रेखा थापाले सेलिब्रेटीले कोरोना रोक्ने बजेट जुटाउने हो र ? भन्दै प्रश्न उठाएकी छन् ।
नेपाली कलाकारले कोरोना रोकथामका लागि सरकारलाई सहयोग नगरेको बिषयमा विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा उब्जिएको प्रश्नको जवाफ दिँदै अभिनेत्री करिस्मा मानन्धरले आफ्नो सामाजिक सञ्जालबाट पोखेको आक्रोशपूर्ण स्ट्याटस ‘के सेलिब्रेटीले सबै समस्याको समाधान गर्नुपर्ने’को कमेन्ट गर्दै रेखाले सेलिब्रेटीले कोरोना रोक्ने बजेट जुटाउने हो र ? भन्दै प्रश्न गरेकी हुन् ।
रेखाले चन्दा फेसन जस्तो भएको आरोप समेत लगाएकी छन् । उनले अगाडि लेखेकी छन्, ‘परे राज्यले सबैको बैंक खाता कब्जा गर्लानी । अरुले यति दियो, उनले दिएनन् भन्नु भन्दा पनि सक्नेले दियौ नसक्नेले मागौं ।’
पछिल्लो समय रेखा फिल्मभन्दा पनि राजनीतिमा बढी सक्रिय छिन् । यो अवस्थामा उनले सामाजिक सञ्जालमा गरेको माथिको कमेन्टले उनको राजनीतिक करियरलाई बल नपुग्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु
-
उपनिर्वाचनमा प्रहरीले देख्यो सम्भावित १२ खतरा
-
यी परिस्थिति उत्पन्न भएमा प्रहरीले उपनिर्वाचनमा बल प्रयोग गर्ने