करिश्माको आक्रोश: के सबै समस्या कलाकारले समाधान गर्नुपर्ने ?

काठमाडौं । कोरोनाको महामारीले विश्वलाई आतंकित बनाएको छ । यसबिरुद्ध लड्न हरेक देशका कलाकाहरुले सरकारलाई सहयोग गरिरहेका छन् । बलिउडका कलाकारले पनि सरकारलाई सहयोग गरेको समाचार चारै तिर मिडियामा देख्न पाइन्छ ।
यस्तो अवस्थामा पनि नेपाली कलाकारले पनि सरकारलाई सहयोग गर्नुपर्ने समाचार केही मिडियाले बनाएका छन् । केही मिडियाले कलाकार मौन बसेको भन्दै आलोचना समेत गरेको देख्न सकिन्छ । उक्त अलोचना प्रति अभिनेत्री करिश्मा मानन्धर भने आगो भएकी छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै सबै समस्याको समाधान कलाकारले गर्नुपर्ने हो भन्दै आक्रोस ब्यक्ति गरेकी छन् ।
करिश्माले लेखेकी छन्, ‘के भनेको के ? के सेलिब्रेटीले सबै समस्याको समाधान गर्नुपर्ने हो ? अनि के काम सरकारको ?’ करिश्माले आफुहरु धुर्मुस सुन्तली, रबि लामिछाने हौ र भनेर प्रश्न गर्दै भगवानलाई खोज्न आग्रह समेत गरेकी छन् । उनले घुमाउरो पारामा यस्तै समस्याको समाधानका लागि आफुहरुले भोट गरेको समेत बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
रेमिट्यान्स फेरि लयमा फर्कियो, एकै महिना १३७ अर्ब भित्रियो
-
मङ्गलवारको प्रतिनिधिसभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने
-
पूर्वराजा ज्ञानेन्द्रको सक्रियताबाट किन झस्कियो माओवादी ?
-
शिक्षकहरूले भोलिदेखि पार्टी कार्यालय घेराउ गर्ने
-
आर्मी क्लब र सुदूरपश्चिम प्रदेशको सजिलो जित, किरण ठगुन्नाको उत्कृष्ट शतक
-
कोटीहोम विवाद : पाँच सदस्यीय वार्ता टोली गठन गर्ने