शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

करिश्माको आक्रोश: के सबै समस्या कलाकारले समाधान गर्नुपर्ने ?

सोमबार, १७ चैत २०७६, १३ : २९
सोमबार, १७ चैत २०७६

काठमाडौं । कोरोनाको महामारीले विश्वलाई आतंकित बनाएको छ । यसबिरुद्ध लड्न हरेक देशका कलाकाहरुले सरकारलाई सहयोग गरिरहेका छन् । बलिउडका कलाकारले पनि सरकारलाई सहयोग गरेको समाचार चारै तिर मिडियामा देख्न पाइन्छ ।

यस्तो अवस्थामा पनि नेपाली कलाकारले पनि सरकारलाई सहयोग गर्नुपर्ने समाचार केही मिडियाले बनाएका छन् । केही मिडियाले कलाकार मौन बसेको भन्दै आलोचना समेत गरेको देख्न सकिन्छ । उक्त अलोचना प्रति अभिनेत्री करिश्मा मानन्धर भने आगो भएकी छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै सबै समस्याको समाधान कलाकारले गर्नुपर्ने हो भन्दै आक्रोस ब्यक्ति गरेकी छन् ।

करिश्माले लेखेकी छन्, ‘के भनेको के ? के सेलिब्रेटीले सबै समस्याको समाधान गर्नुपर्ने हो ? अनि के काम सरकारको ?’ करिश्माले आफुहरु धुर्मुस सुन्तली, रबि लामिछाने हौ र भनेर प्रश्न गर्दै भगवानलाई खोज्न आग्रह समेत गरेकी छन् ।  उनले घुमाउरो पारामा यस्तै समस्याको समाधानका लागि आफुहरुले भोट गरेको समेत बताएकी छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप