चैती छठ सार्वजनिकस्थल र पोखरीमा नमनाउन आग्रह
धनुषा । कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिमलाई दृष्टिगत चैती छठको पूजा सार्वजनिक स्थल र पोखरीमा नमनाउन आग्रह गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले सो भाइरसको जोखिम हुन नदिन सरकारद्वारा जारी गरिएको लकडाउनको अवस्थालाई मध्यनजर गर्दे आज हुने सो पूजा सार्जजनिक स्थल र पोखरीमा नमनाउन आग्रह गरेको हो ।
सो पर्वको पूजा सार्वजनिक स्थल र पोखरीमा नमनाउने आग्रहको पालनका लागि सक्रिय सहयोग र समन्वयका लागि सो कार्यालयले अनुरोध समेत गरेको छ । कार्यालयका प्रवक्ता रामेश्वर कार्कीद्वारा जारी विज्ञप्तिमा विषम अवस्थामा गरिएको आग्रहका कारण चैती छठ पूजाका श्रद्धालु र भक्तजनप्रति पर्न गएको पीडाका लागि क्षमायाचना पनि गरिएको छ ।
सन्तान प्राप्ति , निरोगिता , सुखसमृद्धि र चर्मरोग निको हुने जनविश्वास अनुरूप पारस्परिक आत्मीयता र सद्भावका प्रतिकका रूपमा छठ पर्व कार्तिक र चैत महिनामा मनाइने गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाम्रो औकात, क्षमता र आवश्यकता अनुसार खेलकुदको योजना बनाउँछौँ : मुख्यमन्त्री कँडेल
-
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
-
नर्सिङ सुन्दरीले देखाए ट्यालेन्ट
-
आठौँ पोखरा स्पोर्ट्स अवार्ड : वर्ष उत्कृष्ट खेलाडी अर्जुन र सुस्मिता
-
धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र
-
आफूलाई खटाएको शिक्षण संस्थामा मात्र काम गर्न काठमाडौँ महानगरले गरायो सचेत