शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लकडाउनको तीन दिनमा ८७ हजार सिलिण्डर ग्यास वितरण

सोमबार, १७ चैत २०७६, १२ : ५१
सोमबार, १७ चैत २०७६

काठमाडौँ । नेपाल आयाल निगमले लकडाउनको तीन दिनको अवधिमा काठमाडौँ उपत्यकामा मात्र ८७ हजार बढि सिलिण्डर ग्यास वितरण भएको जनाएको छ ।

निगमले एक विज्ञप्ति जारी गर्दै लकडाउन साताको चैत १४, १५ र १६ गते गरी तीन दिनमा ८७ हजार ६ सय ३० सिलिण्डर वितरण भएको जनाएको हो ।

निगमका अनुसार चैत १४ गते ३३ हजार ६ सय ५८, १५ गते १४ हजार १ सय ८ र १६ गते ३९ हजार ८ सय ६४ सिलिण्डर ग्यास वितरण भएको हो ।

उक्त ग्यास काठमाडौँ उपत्यकालगायत अन्य स्थानहरुमा एल.पी ग्यासको कारोबार गर्ने एल.पी ग्यास उद्योगहरुले विभिन्न डिलर तथा रिटेलरहरुबाट वितरण गरिएको परिमाण रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

लकडाउनका बखत व्यवसायीहरुले ग्यास लुकाई उपभोक्ताहरुलाई नदिएको भन्दै चैत १७ गतेदेखि आधा सिलिण्डर ग्यास मात्र बिक्री वितरण गर्न ग्यास बिक्रेताहरुलाई सरकारले भनिसकेको छ । सोही बमोजिम उद्योगहरुले आइतबारदेखि नै बजारमा आधा सिलिण्डर ग्यास पठाइसकेका छन् ।

कोरोनाको सन्त्रासकाबीच सरकारले लगाएको लकडाउनमा बजारमा ग्यासको चरम अभाव देखिएको छ । साविकको भन्दा बढि ग्यास आयात गरेको सरकारले भनिरहेपनि बजारमा उपभोक्ताहरुले सहज रुपमा ग्यास पाउन सकिरहेका छैनन् । यसै विषम परिस्थितिलाई मध्य नजर गर्दै ४५ हजार मेट्रिकटन ग्यास आपूर्ति गरेको सरकारको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप