बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एयर अरेबियाको फ्लाइटमा आएका युवक बिरामी,स्वाब परीक्षणका लागि काठमाडौं पठाइयो

सोमबार, १७ चैत २०७६, १२ : ४६
सोमबार, १७ चैत २०७६

स्याङ्जा । फेदीखोला क्वारेन्टाइनमा बसेका एक जना बिरामीको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको छ । गत चैत ६ गते दुबई शारजहा हुँदै काठमाडौं आएका फेदीखोला गाउँपालिकाका–४० वर्षीय पुरुषको स्वाब परीक्षणका लागि सोमबार बिहान शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौं पठाइएको हो । 

एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ उनी चैत ६ गते काठमाडौं आएका थिए । उक्त विमानमा १ सय ७० जना यात्रु थिए । उनी ३ दिन अघिदेखि क्वारेन्टाइनमा बस्दै आएका छन् । उनलाई रुघाखोकी, ज्वरोको लक्षण देखिएपछि स्वाब परीक्षणका लागि काठमाडौैं पठाएको फेदीखोला गाउँपालिका प्रमुख घनश्याम सुवेदीले बताए । उनीसँग आएका अर्का एक जनालाई पनि गाउँपालिकाले क्वारेन्टाइनमा राखेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप