बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बिपद्मामा परेकालाई निःशुल्क खाना र बासको ब्यवस्था

सोमबार, १७ चैत २०७६, १२ : ४८
सोमबार, १७ चैत २०७६

ओखलढंगा । ओखलढंगा सिद्धिचरण नगरपालिका ११ का मोहन केसीले दैनिक ज्यालादारी गरेर गुजारा चलाउने नागरिक तथा जिल्ला अलपत्र परेका पर्यटकलाई निःशुल्क खाना र बासको ब्यवस्था गर्ने घोषणा गरेका छन्  ।
समाजसेवी केसीले डेरामा बसेर दैनिक ज्यालादारी गरी गुजारा चलाउने नागरिकलाई लकडाउनको अवधीभर दैनिक खानको ब्यवस्थापन गर्ने र बाहिरबाट आएर अलपत्र परेका पर्यटक तथा नागरिकहरुलाई बास सहितको खानाको ब्यवस्था गर्ने घोषणा गरेका हुन् । उनले अप्ठेरोमा परेका व्यक्तिहरुलाई आफुलाई सम्पर्क राख्न अनुरोध गरेका छन् ।

 ‘बिपद्मा हामीसँग जे छ त्यो बाढेर खानुपर्छ भन्ने हेतुले त्यस्ता नागरिकलाई सहयोग गर्ने निणर्य गरे’उनले भने,‘अझ मानवताको नाताले पनि यस्तो अवस्थामा सहयोग गर्नु अति आश्वय छ भन्ने लाग्यो र मैले यस्तो आव्हान गरेको हु ।’

यसअघि केसीले सुचना नै जारी गरेर बिपद्को समयमा अर्थात संक्रमणको समयमा आफुसँग रहेको सवारीसाधन निशुल्क एम्बुलेन्सको रुपमा सञ्चालन गर्ने घोषणा गरेका थिए । 

उनले मे १ ज १६७८ नम्बरको जीप आपतकालीन अवस्थामा बिरामी,असाहय,असक्त,सुत्केरी महिला लगायत कुनै पनि ब्यक्तीलाई तत्काल अस्पताल सम्म पुर्याउनु परे जिल्ला बिपद् व्यवस्थापन समिती तथा स्थानिय प्रशासन सँगको समन्वयमा सञ्चालन गर्ने घोषणा गरेका थिए  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप