लकडाउन थपिएपछि पास लिनेको भीड
सोमबार, १७ चैत २०७६, १२ : ०४

भक्तपुर । सरकारले कोरोना संक्रमणलाई रोक्न डक डाउनको अवधि थपेको छ । पहिलो लकडाउनको भोली १८ गते बिहानबाट सकिने भएपछि पुनः ८ दिन थपेपछि प्रशासनमा सवारी पास लिनेको भीड बढेको हो ।
तर, पास लिनेको संख्या उल्लेख भएपनि अर्को सूचना नआएसम्मलाई पास दिन बन्द गरिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिएकी छिन् ।
केन्द्रबाट नै भोलि अर्को पास आउने र अत्याआवश्यकलाई मात्र दिईने र सञ्चारकर्मीलाई समेत सूचना विभागको परिचयपत्रको आधारमा मात्र सवारी पास दिने प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिएकी छिन् ।
सोमबार जिल्ला प्रशसान कार्यालय सवारी पास लिन चाहनेहरुको निकै भीड भएपछि प्रहरीले पटक–पटक त्यहाँबाट पठाएका थिए ।