
मजदुरका लागि अभिनेत्री बर्षाले १ लाख दिने
काठमाडौं । सरकारले गरेको लकडाउनले दैनिक ज्याल मजदुरी गरेर जिविको पार्जन गर्नेलाई धेरै असर पर्ने देखिएको छ । सायद त्यसैले पनि होला सरकारले यस्तो अवस्थामा मजदुरहरुका लागि १३ केजी खाध्यान्न घरमा पुर्याउने घोषणा समेत गरेको छ ।
सरकारले मात्र होइन बिभिन्न निजि संघसंस्थाले पनि मजदुरका लागि बिभिन्न राहतका प्याकेज घोषणा गरिहेका छन् । यस्तैमा हालै कोरोनाको समस्या समाधान भएपछि चीन घुम्न जाने बिचार ब्यक्त गरेकी अभिनेत्री बर्षा शिवाकोटीले ज्याला मजदुरी गर्नेहरुका लागि एक लाख रुपैया दिने घोषणा गरेकी छन् ।
अभिनेत्री शिवाकोटीले भिडियो सन्देशमार्फत उक्त रकम दिने घोषणा गरेकी हुन् । ‘पैसाले आफै सामान किनेर मजदुर दाजुभाइ तथा दिदीबहिनीमा दिने इच्छा थियो’ शिवाकोटीलले भनिन्, ‘सरकारले घरमै बसेर सुरक्षित रहन आग्रह सहित गरेको लकडाउनका कारण प्रधानमन्त्री राहात कोष मार्फत यो रकम दिन लागेकी छु ।’
कोरोनाबाट बच्न दैनिक जसो सर्वसाधारणमा केही न केही सन्देश दिने गरेकी बर्षाले बर्तमान परिस्थितिमा दिनरात खट्टिने डाक्टर, नर्स, सुरक्षाकर्मी लगायतलाई समेत भिडियो सन्देशमार्फत धन्यवाद दिएकी छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ