शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको तस्बिरको बारेमा छानबिन हुँदै

सोमबार, १७ चैत २०७६, ११ : ३८
सोमबार, १७ चैत २०७६

काठमाडौं : प्रहरी प्रधान कार्यालयले सामाजिक सञ्जालमा भाइरल भइरहेको ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको तस्बिरको सन्दर्भमा छानबिन सुरु गरेको छ । 

तस्बिरमा प्रहरी कर्मचारीले हातमा पर्चा टाँसिएको र एक जना सर्वसाधारणलाई पिठ्युँमा सिलिण्डर बोकाएर भुँइमा बसाएको देख्न सकिन्छ । 

प्रहरी प्रधान कार्यालयले तस्बिरको बारेमा सामाजिक सञ्जालमा चर्को विरोध हुन थालेपछि यस विषयमा गम्भीरताका साथ छानबिन सुरु गरेको जानकारी दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप