एक लाख नगद र लागूऔषधसहित तीन पक्राउ
जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक लाख नगद र लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइली सुर्खेतका शारदा महतारा र विकास मानन्धर रहेका छन् ।
त्यस्तै मानन्धरकै साथै सोही नगरपालिका–३ का सुनिल थारुसमेत तीनै जनालाई आइतबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए ।
“ झोला बोकेकी महतारालाई शङ्का मानेर प्रहरीले जाँच गर्दा झोलामा लुकाइछिपाई राखेको अवस्थामा १७ ग्राम १०० मिलीग्राम ब्राउनसुगर जस्तो कालो धुलो भेटियो”, प्रहरी निरीक्षक रायमाझीले भने, “त्यसका साथै नगद रु एक लाख १२ हजार ९४५ र कालो रङको एक थान डिजिटल तराजु फेला पारेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।”
प्रहरीको नियन्त्रणमा परेकी ती महिलालाई तत्काल सोधपुछ गर्दा विकास मानन्धरको नाम खोलेको र मानन्धरलाई जाँच गर्दा उनको साथबाट पनि १२० मिलीग्राम ब्राउनसुगरजस्तो कालो धुलो बरामद गरिएको उनले बताए ।
महतारा, मानन्धर र उनको साथी सुनिल थारूसहितलाई पक्राउ गरी तीनै जनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रले आज कीर्तिपुरको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने
-
वीरगन्जबाट पोखरा जाँदै गरेको बस दुर्घटना, १७ जना घाइते
-
एमालेको जागरणसभाका लागि र्याली सुरू (तस्बिरहरू)
-
प्रधानमन्त्रीले सडकमा शक्ति देखाउनु लोकतन्त्रको मर्म होइन : गणेश कार्की
-
स्थानीय तहको उपनिर्वाचनमा जनमतले १६ सिटमध्ये कतिमा मार्ला बाजी ?
-
मोदी र जयशंकरविरुद्ध कुनै प्रमाण छैन : क्यानडा