शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहट क्वारेन्टाइनमा बस्नेको संख्या बढ्दै, पिपिई नहुँदा उपचारमा जोखिम

सोमबार, १७ चैत २०७६, १० : ३२
सोमबार, १७ चैत २०७६

रौतहट – रौतहटस्थित सबै स्थानीयतहमा झण्डै ५ सय बेडको क्वारेन्टाइन तयार भइसकेको छ । कोराना भाइरसको संक्रमितलाई तत्काल उपचारको निमित्त क्वारेन्टाइन निर्माण गर्नुपर्ने निति अनुसार प्राय.ं सबै १८ वटै तहले क्वारेन्टाइन निर्माण गरेको हो ।

लकडाउन सुरु भएदेखि नै भारत लगायत बिभिन्न स्थानबाट आउनेहरुलाई १६ दिन सम्म क्वारेन्टाइनमा बस्नुुपर्ने मिलाइएको व्यवस्थाअनुसार क्वारेन्टाइनमा बस्नेको संख्या बढदै गएको हो ।

जिल्लाको गौर, ईशनाथ, राजपुर, चन्द्रपुर लगायतका स्थानमा रहेको क्वारेन्टाइनहरुमा बस्नेको संख्या वृद्धि भई ८५ पुुगेको रौतहट प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताएका छन् । 

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै जाँदा बिभिन्न रोजगारीको लागि भारतको बिभिन्न शहरमा रहेका रौतहटवासी फर्किन थालेका छन् ।

क्वारेन्टाइनमा बस्नेमा हालसम्म कसैलाई कोरोना पुुष्टि नभए पनि उपचारमा कार्यरत चिकित्सकलाई भने ठूलो सुरक्षा चुनौति रहेको जिल्ला अस्पताल गौरका प्रमुख डाक्टर कृष्ण साह बताउँछन् ।

कोरानाभाइरस संक्रमितको सुरक्षित उपचार गर्न चिकित्सकले पिपिई अनिवार्य प्रयोग गर्नैपर्छ । तर, जिल्लामा हालसम्म प्रयाप्त पिपिई नरहेकाले उपचारमा संलग्न  चिकित्सकलाई ठुलो जोखिम रहेकाले सरकारले कम्तीमा  १ हजार पिपिई सेट सकेसम्म छिटो ब्यवस्था गर्नुपर्ने डाक्टर साहले माग गरेका छन् ।

रौतहटका सिडिओ बाशुदेव घिमिरेले जिल्लामा पिपिई थोरै संख्यामा आएको र हाल क्वारेन्टाईनमा खटेका चिकित्सकले प्रयोग गरिरहेको बताए । हाल पिपिईको संख्या कम भएपनी एकदुुई दिनमै थप पिपिई आईरहेकाले अब कमी नहुने सिडिओ घिमिरेले बताए ।

नेपालमा हालसम्म ५ जनामा कोरोना संक्रमण देखिएको र संक्रमित सबै बाहिरबाट आएको हुनाले भारत लगायत तेस्रो मुलुकबाट  आउनेलाई भने अनिवार्य क्वारेन्टाईनमा बस्नुुपर्ने सिडिओ घिमिरेले जानकारी दिए ।

लामोसमय सम्म भारत लगायत तेस्रो मुलुकमा काम गरेर फर्केकाहरुमा कोरोना भाईरस संक्रमणको सम्भावना बढीहुने भएकाले  १६दिन सम्म क्वारेन्टाईनमा बस्नुपर्ने अनिवार्य ब्यवस्था रहेको रौतहटका सिडिओ बाशुदेव घिमिरेले बताएका छन।

कुनैपनी मानिस चोरबाटो भएर गाँउघरमा आँउछ भने त्यसको बारेमा तुरुन्तै खबरगरी कोराना भाईरसको जोखिम नियन्त्रणमा सघाउन सिडिओ घिमिरेले जिल्लाबासी लाई आग्रह गर्दै गरे ।

आग्रहलाई अटेर गरेर बाहरि बाट आई घरमै बसेको पाईएमा त्यस्ता मानिसमाथि कारवाही गरिने स्थानीय प्रशासनले चेतावनी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप