शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले कर बुझाउने समय थप्यो

सोमबार, १७ चैत २०७६, ०९ : ४३
सोमबार, १७ चैत २०७६

काठमाडौं । सरकारले व्यवसायमा कोरोना भाइरसको कारण  व्यवधान आएको भन्दै कर तिर्नुपर्ने समय थप गरेको छ । 

फागुन महिनाको मासिक, माघ र फागनुको द्वैमासिक र दोस्रो चौमासिकको मूल्य अभिवृद्धि कर (भ्याट) विवरण र विवरणबमोजिमको कर दाखिला गर्ने समय ०७७ वैशाख २५ गतेसम्म बुझाउन पाइने व्यवस्था सरकारले गरेको हो । 
यसैगरी आय कर ऐन २०५८ बमोजिम ६ महिनाको अग्रिम कर कट्टी र बुझाउनुपर्ने विवरण समयको समय २०७७ बैशाख २५ गतेसम्म गरिएको छ । 

आयकर ऐनअनुसार चैत महिनामा बुझाउनुपर्ने आव ०६६–७७ को कर विवरण र दोस्रो किस्ताको रकम दाखिल गर्ने रकम पनि मन्त्रिपरिषद् बैठकले बैशाख मसान्तसम्म थप गरेको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए । 

नेपाल सरकार र प्रदेश सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोषमा योगदान गरेको रकम करयोग्य आयको गणना गर्दा घटाउन पाउने र कट्टी गरी सरकारलाई रकम बुझाए हुने पनि सरकारले निर्णय गरेको छ । 

कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाउनुपर्ने विवरणको समय ०७७ वैशाख मसान्तसम्म कायम गरिएको छ । 

प्राइभेट फर्म नवीकरणको पनि ०७७ बैहाखसम्म गर्न पाइने सरकारले निर्णय गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप