बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आजको मौसम पूर्वानुमान

सोमबार, १७ चैत २०७६, ०८ : ४३
सोमबार, १७ चैत २०७६

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । 

महाशाखाका अनुसार हाल देशको पश्चिमी पहाडी भू–भागमा आँशिक देखि सामान्य बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । 

सोमबार दिउँसो भने देशको पहाडी भू–भाग तथा पुर्वी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा हुने पूर्वानुमानमा उल्लेख गरिएको छ ।

यसैगरी, राति देशको पश्चिमी पहाडी  भू–भागमा आँशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा हुने पूर्वानुमानमा जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप