शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकामा एकैदिन १८ हजार बढी संक्रमित भेटिए

सोमबार, १७ चैत २०७६, ०७ : १२
सोमबार, १७ चैत २०७६

अमेरिकामा कोरोना भाइरसको संक्रमितको सूचीमा एकैदिन १८,२७६ वृद्धि भएको छ । यससँगै यहाँ कूल संक्रमितको संख्या १ लाख ४१ हजार ८ सय ५४ पुगेको छ ।

वर्ल्डोमिटरका अनुसार यहाँ विगत २४ घण्टामा २ सय ५५ जनाको मृत्यु भएपछि मृतकको संख्या २,४७५ पुगेको छ ।

यसका साथै इटलीमा कोरोनाका कारण ज्यान गुमाउने संख्या सबैभन्दा धेरै छ । यहाँ मृतकको संख्या १० हजार ७ सय ७९ पुगेको छ । विगत २४ घण्टामा ५ हजार २ सय १७ संक्रमित थपिएपछि यहाँ संक्रमितको संख्या ९७,६८९ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप