शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एक वर्षको सजाय एक दिनमै भुक्तान

सोमबार, १७ चैत २०७६, ०७ : ०१
सोमबार, १७ चैत २०७६

जकपुरधाम – धनुषाको धनुषाधाम नगरपालिका–९ का दिपु भनिने दीपेन्द्र यादव डाँका मुद्दामा दोषी ठहर भएर एक वर्ष कैद सजाय भुक्तानका लागि ११ चैत २०७६ मा महोत्तरीको जलेश्वर कारागार पुगेका थिए । 

अदालतको फैसलाअनुसार यादवलाई ११ चैत २०७७ मा रिहा हुने गरी कारागार पठाइएको थियो । तर, उनी जेलमा एक दिन मात्रै बसेर रिहा भएका छन् । 

जलेश्वर कारागार शाखाका जेलर मकसूदन महासेठका अनुसार प्रतिदिन ३ सय रुपैयाँका दरले जरिवाना तिरेर उनी रिहा भएका हुन् । 

धनुषा जिल्ला अदालतमा निवेदन साथ उपस्थित भएपछि अदालतले उनलाई कैद सजायबापतको जरिवाना लिएर रिहा गर्न आदेश दिएको हो । यो समाचार आजको राजधानी दैनिकमा सुजीतकुमार झाले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप