रौतहटमा लकडाउनकै समयमा ८ वर्षीया बालिका बलात्कृत
रौतहट – बिश्वब्यापी महामारी कोरोना भाइरस नियन्त्रण गर्ने उद्देश्यले सरकारले घोषणा गरेको लकडाउनको अवधिमै रौतहटमा थप अर्की एकजना ८ बर्षिया नाबालिका बलात्कारको सिकार भएकी छिन् ।
रौतहटको कटहरिया ६ बगहीमा १७ बर्षिया बालिका कलात्कृत भएको दुईदिन न बित्दै जिल्लाको पश्चिमीभेग फतुवा बिजयपुर नगरपालिकामा अर्की ८ बर्षिया बलात्कारको घटना भएकी हुन् ।
फतुवा बिजयपुर वडा ५ फतुवा गाँउका प्रताप पाश्वानका १८ बर्षिय छोरा नवल पाश्वानले आफ्नो छिमेककी ८ बर्षिया नाबालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
शनिवार राति घरबाट नजिकैको किराना पसलका खानेतेल किन्न गईरहेकी नाबालिकालाई अभियुक्त पाश्वानले समातेर नजिकैको गल्लीमा लगेर जबरदस्ती करणी गरेका थिए ।
सो क्रममा पीडित बालिका रोए कराई गरेपछी सुुनेर स्थानीयले पाश्वानलाई पक्राउ गरी प्रहरीलाई खबर गरेका थिए ।
खबर लगत्तै ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख प्रहरी निरिक्षक चन्द्रकिसोर साहको कमाण्डमा गएको टोलीले आरोपी पाश्वानलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरी निरिक्षक साहले आज सोमवार घटनालाई सार्वजनिक गरेका छन् ।
आरोपी नवल पाशवानमाथी बालयौन दुराचार संबन्धीमुद्धा दर्ता गरी अदालतबाट आदेश लिएर अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरी निरिक्षक साहले बताए ।
पीडित नाबालिका र पिडकको प्राथमिक स्वास्थ केन्द्र चन्द्रपुरमा स्वास्थ परिक्षण भईसकेको ईलाका प्रहरी कार्यालय बिजयपुरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभामा तहगत अन्तरसम्बन्ध र समन्वय अध्ययन प्रतिवेदन पेस
-
एफटीएक्स घोटालामा बैंकम्यान–फ्राइडलाई २५ वर्षको जेल सजाय
-
उद्योगी व्यवसायीहरूले अर्थतन्त्र सकारात्मक छ भन्ने सन्देश दिन जरुरी छ : अध्यक्ष ढकाल
-
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
-
ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा शिक्षकको मृत्यु
-
अर्बौं रकम लगानी गरेका मेडिकल कलेज सञ्चालक यसकारण २०८५ साल पर्खिन बाध्य