सीमामा रोकिएका नेपाली ट्युबबाट धमाधम नेपालतर्फ

दार्चुला – नेपाल–भारत लकडाउनको मौका छिपी भारतका विभिन्न क्षेत्रबाट नेपालीहरू ट्युबमार्फत नेपाल भित्रिएका छन् । मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिका भएर भारतमा काम गर्ने नेपाली घर फर्किएका हुन् ।
यो क्षेत्रका स्थानीय मात्र नभई बैतडी र बझाङका नेपाली मजदुर ट्युबमार्फत घर फर्किएका हुन् । दुवै देश लकडाउन भइरहेको बेला भारतमा रोकिएर रहेका नेपाली ट्युबमार्फत घर फर्किएको स्थानीय बताउँछन् ।
ट्युबमा चढेर दिनहुँ नेपाली मजदुर भित्रिएका छन् । प्रतिव्यक्ति १ हजार रुपैयाँ तिरेर उनीहरू नेपाल प्रवेश गरेको एक स्थानीयले बताए । मालिकार्जुनको बाकु, गराडी, चुकिला डिन्सीलगायत क्षेत्रबाट रातको समयमा भारतबाट स्थानीय ट्युबमार्फत नेपाल आउने गरेको स्रोतको दाबी छ ।
त्यहीँका स्थानीयले अहिले विपद्को समयमा आम्दानीको स्रोतका रूपमा ट्युब बनाएका छन् । उकु बाकु हुँदै शुक्रबार राति २५ जना र शनिबार सोही संख्यामा मजदुर घर फर्किएको मालिकार्जुनका स्थानीय हीरासिंह धामीले जानकारी दिए । चेकजाँचबिना उनीहरू गाउँ पसेपछि गाउँमा जोखिम बढेको उनले बताए । यो समाचार आजको राजधानी दैनिकमा नरेन्द्र कार्कीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित सहरीकरण विश्वमै समस्या : परराष्ट्रमन्त्री
-
मुसोलिनीबाट जोगिन पोप फ्रान्सिसका हजुरबा र हजुरआमा गएका थिए इटाली छोडेर अर्जेन्टिना
-
फौजदारी अभियोगमा सजाय पाएका कर्मचारी पेन्सन सुविधाबाट वञ्चित हुनु हुँदैन : सांसद दिलेन्द्रप्रसाद बडू
-
चैत मसान्तसम्म भन्सार विन्दुबाट तीन खर्ब ४३ अर्ब राजस्व संकलन
-
ट्यारिफको पीरले डीएचएलले रोक्यो अमेरिकामा उच्च मूल्यका सामानको डेलिभरी
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक