बेलायतमा नेपाली इन्जिनियरको मृत्यु

लन्डन । बेलायतमा बस्दै आएका ६३ वर्षीय एक नेपाली इन्जिनियर केदार पन्तको अस्पतालमा मृत्यु भएको छ ।
कोरोनाको आशंकाका कारण विगत १० दिनदेखि आफ्नै घरमा आइसोलेसनमा बसेका पन्तलाई शनिबार एम्बुलेन्सबाट इलिंग हस्पिटल पुर्याइएको थियो । तर, अस्पतालमा मृत्यु भएको हो । उनको कोरोना भाइरसकै संक्रमणबाट मृत्यु भएको हो वा अन्य कारणले भन्नेबारे पुष्टि हुन केहि दिन लाग्ने बताइएको छ ।
नेपाल घर लम्जुङ भएका पन्त लामो समयदेखि बेलायतको लन्डनस्थित ग्रीन्फोर्डमा बस्दै आएका थिए ।
गैरआवासीय नेपाली संघ (एनआरएएनए) यूकेका सल्लाहकार तथा नेपाल इन्जिनियर्स एसोसिएसन यूकेका संस्थापक सल्लाहकार समेत रहेका पन्त श्रीमती र एको छोराकासाथ लामो समयदेखि बेलायतमा बस्दै आएका थिए ।
हालसम्म बेलायतमा कोरोनाकै कारण दुईजना नेपालीको मृत्यु भैसकेको छ । बेलायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २ सय अठ्ठाइस पुगेको छ भने विश्वभरिमा ३२ हजारभन्दा बढीको ज्यान गैसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म