शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेलायतमा नेपाली इन्जिनियरको मृत्यु

आइतबार, १६ चैत २०७६, २२ : ३२
आइतबार, १६ चैत २०७६

लन्डन । बेलायतमा बस्दै आएका ६३ वर्षीय एक नेपाली इन्जिनियर केदार पन्तको अस्पतालमा मृत्यु भएको छ । 

कोरोनाको आशंकाका कारण विगत १० दिनदेखि आफ्नै घरमा आइसोलेसनमा बसेका पन्तलाई शनिबार एम्बुलेन्सबाट इलिंग हस्पिटल पुर्याइएको थियो । तर, अस्पतालमा मृत्यु भएको हो । उनको कोरोना भाइरसकै संक्रमणबाट मृत्यु भएको हो वा अन्य कारणले भन्नेबारे पुष्टि हुन केहि दिन लाग्ने बताइएको छ । 

नेपाल घर लम्जुङ भएका पन्त लामो समयदेखि बेलायतको लन्डनस्थित ग्रीन्फोर्डमा बस्दै आएका थिए ।

गैरआवासीय नेपाली संघ (एनआरएएनए) यूकेका  सल्लाहकार तथा नेपाल इन्जिनियर्स एसोसिएसन यूकेका संस्थापक सल्लाहकार समेत रहेका पन्त श्रीमती र एको छोराकासाथ लामो समयदेखि बेलायतमा बस्दै आएका थिए । 

 हालसम्म बेलायतमा कोरोनाकै कारण दुईजना नेपालीको मृत्यु भैसकेको छ । बेलायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २ सय अठ्ठाइस पुगेको छ भने विश्वभरिमा ३२ हजारभन्दा बढीको ज्यान गैसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप