सवारी साधन नवीकरणका लागि यस्तो छ मन्त्रिपरिषद् बैठकको निर्णय
आइतबार, १६ चैत २०७६, २२ : २२
काठमाडौं । सरकारले यातायात व्यवस्था कार्यालयमा सवारी साधनको नवीकरण, प्रदूषण नवीकरण, रुट परमिट नवीकरण गर्ने म्याद २०७७ वैशाख मसान्तसम्म कायम गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरस नियन्त्रणका लागि घोषित लकडाउनको प्रभावका कारण सवारी नवीकरण म्याद थप गर्ने निर्णय गरेको हो ।
आगामी बैशाख मसान्तको समयसम्म कुनै विलम्ब शूल्क जरिवना बुझाउनु नपर्ने व्यवस्था गरिएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिएका छन् ।
यस्तै संस्था नवीकरण पनि वैशाख मसान्तसम्म गर्न पाउने व्यवस्था गरिएको छ ।
कम्पनी रजिष्टार कार्यालयमा विवरण बुझाउने अन्तिम वैशाख मसान्तसम्म थप गर्ने निर्णय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण