नुन चिनी सकियो चिन्ता नगर्नुस्, अब साल्ट ट्रेडिङले घरमै ल्याइदिनेछ
आइतबार, १६ चैत २०७६, २२ : ०९
काठमाडौं– लकडाउन अवधिमा नुन चिनी सकियो भनेर अव चिन्ता गर्नु नपर्ने भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले आफ्ना उपभोक्ताका लागि नुन चिनी घरघरमै पुर्याइदिने बताएको छ ।
कोभिड–१९बाट जोगिन पालना गर्नुपर्ने सुरक्षा उपाय अवलम्बन गर्दै साल्ट ट्रेडिङले अहिले घर–घर पुगेर नुन र चिनी विक्री गरिरहेको छ।
सर्वसाधारणले अति आवश्यक नुन र चिनी पनि खरिद गर्न नपाएको गुनासो आएपछि गाडीमा सामान लिएर दैलोसम्म पुर्याउने व्यवस्था गरेको कर्पोरेशनले जनाएको छ ।
कर्पोरेशनले अहिले एक परिवारलाई बढीमा ३ प्याकेट नुन र ६ किलोसम्म चिनी विक्री गर्दै आएको छ। नुन प्रतिप्याकेट २० रूपैयाँ पर्छ भने चिनी प्रतिकिलो ७३ रुपैयाँ पर्छ ।
त्यसैगरी, साल्ट ट्रेडिङले कालिमाटी, सतुंगल र जडिबुटिलगायतका क्षेत्रमा आउटलेट संचालन गरी खाद्ययान्न विक्री गर्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण