शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वालिङ नगरपालिकाले गर्‍यो पीपीई उत्पादन

आइतबार, १६ चैत २०७६, २२ : ०७
आइतबार, १६ चैत २०७६

स्याङ्जा । स्याङजाको वालिङ नगरपालिकाले स्थानीय स्तरमै व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) उत्पादन गरी प्रयोग गर्न थालेको छ । 

कोरोना संक्रमण नियन्त्रणका लागि खटिने यहाँका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, पत्रकार लगायतलाई आवश्यक पीपीई वालिङमै उत्पादन गरेर प्रयोग गरिएको हो । 

प्राथमिकताको आधारमा हालसम्म १ सय थान पिपिई उत्पादन गरी प्रयोग गरिरहेको वालिङ नगरपालिकाका प्रमुख दिलीप प्रताप खाँण बताए । 

उनले भने, ‘तीव्र रुपमाउत्पादन भैरहेको छ । विशेषगरी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा एम्बुलेन्स चालकलाई सुरक्षित बनाउने पहल भएको छ ।’ संक्रमणले गर्दा बजारमा उपलब्ध नभएपछि नगरपालिकाको पहलमा पिपिई उत्पादन गरेको उनको भनाई छ ।

पिपिई अभावमा शंकास्पद बिरामीहरुको परीक्षण गर्न जोखिम हुनसक्ने भएकाले स्थानीय वालिङ बजारमै उत्पादन सुरु गरिएको हो । विदेशबाट नगरभित्र आएका विभिन्न यक्तिहरुको विवरण संकलन गर्न घर–घरमा पुग्नुपर्ने र नगरपालिका भित्रका विभिन्न स्वास्थ्य संस्थाहरुमा परीक्षणका लागि बिरामीहरु आउने तर पिपिई अभावमा स्वास्थ्यकर्मीहरुमा मनोवैज्ञानिक असर देखा पर्न थालेका छन् । 

स्वास्थ्य कर्मीहरुको सुरक्षा तथा संक्रमणबाट बच्नका लागिपिपिई तयार पारिएको वालिङ नगरपालिकाका स्वास्थ्यशाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए । 

वालिङमा करिब १ सयजना स्वास्थ्यकर्मी, १ सय ५५ नेपाल प्रहरी, १ सयजना सशस्त्र प्रहरी, १४ वडाका जनप्रतिनिधी, कार्यपालिका सदस्य, नागरिक समाज, राजनीतिक दल लगायतका कोरोना संक्रमण नियन्त्रण, रोकथाम तथा सचेतनाका अभियानमा लागेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप