खाद्य सामग्रीमा १० प्रतिशत, टेलिफोन, इन्टरनेट र बिद्युतमा २५ प्रतिशत छुट दिने सरकारको निर्णय
मन्त्रिपरिषद् बैठकले १० प्रतिशत छुटमा खाद्य सामाग्री बिक्री गर्ने निर्णय गरेको छ ।
आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले चामल, पिठो र नुनमा हाल कायम रहेको मूल्यमा १० प्रतिशत छुटमा विबिक्री गर्ने निर्णय गरेको छ ।
यस्तै टेलिफोन सेवा कम्पनीले लकडाउन अवधीधिमा डाटा तथा इन्टरनेटमा २५ प्रतिशत छुट दिने व्यवस्था गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए ।
यस्तै विद्युत प्राधिकरणले मासिक १ सय ५० यूनिटसम्म विद्युत खपत गर्ने ग्राहकलाई विद्युत महशुलमा २५ प्रतिशत छुट दिने, विद्युत खानेपानी र इन्टरनेटको फागुन र चैत महिनाको महशुल २०७७ बैशाख मसान्तमा बुझाएमा विलम्ब र अरु जरिवाना नलिने निर्णय गरेको छ ।
यस्तै विद्युत प्राधिकरणको बचत भएको विद्युत खपत गर्ने उद्योगलाई ३० देखि ५० प्रतिशत महशुल छुट दिने पनि सरकारले निर्णय गरेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण