शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

खाद्य सामग्रीमा १० प्रतिशत, टेलिफोन, इन्टरनेट र बिद्युतमा २५ प्रतिशत छुट दिने सरकारको निर्णय

आइतबार, १६ चैत २०७६, २१ : ५५
आइतबार, १६ चैत २०७६

मन्त्रिपरिषद् बैठकले १० प्रतिशत छुटमा खाद्य सामाग्री बिक्री गर्ने निर्णय गरेको छ ।

 आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले चामल, पिठो र  नुनमा हाल कायम रहेको मूल्यमा १० प्रतिशत छुटमा विबिक्री गर्ने निर्णय गरेको छ । 

यस्तै टेलिफोन सेवा कम्पनीले लकडाउन अवधीधिमा डाटा तथा इन्टरनेटमा २५ प्रतिशत छुट दिने व्यवस्था गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए । 

यस्तै विद्युत प्राधिकरणले मासिक १ सय ५० यूनिटसम्म विद्युत खपत गर्ने ग्राहकलाई विद्युत महशुलमा २५ प्रतिशत छुट दिने, विद्युत खानेपानी र इन्टरनेटको फागुन र चैत महिनाको महशुल २०७७ बैशाख मसान्तमा बुझाएमा विलम्ब र अरु जरिवाना नलिने निर्णय गरेको छ । 

यस्तै विद्युत प्राधिकरणको बचत भएको विद्युत खपत गर्ने उद्योगलाई ३० देखि ५० प्रतिशत महशुल छुट दिने पनि सरकारले निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप