शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ईश्वरलाई बालकृष्णले दिए धन्यवाद

आइतबार, १६ चैत २०७६, १९ : ४३
आइतबार, १६ चैत २०७६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारलाई धन्यवाद दिएका छन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमण पहिचान, रोकथाम तथा उपचारका लागि चाहिने विभिन्न सामग्री चीनबाट आइतबार नेपाल ल्याएकोमा खाँणले सरकारद्वारा गठित नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई धन्यवाद दिएका हुन् । 

प्रमुख सचेतक खाणले टेलिफोन सम्पर्क गरी सरकारले खरिद गरेका उपकरण र स्वास्थ्य सामग्रीको गुणस्तरमा ध्यान दिँदै तत्काल ती सामाग्रीहरु सातै प्रदेश र प्रदेशबाट सबै जिल्ला र स्वास्थ्य केन्द्रसम्म पु-याउन पोखरेललाई आग्रह गरे ।

यसैगरी प्रमुख सचेतक खाणले थप उपकरण र स्वास्थ्य सामग्रीको खरिद प्रक्रिया अघि बढाइ सामग्रीको अभाव हुन नदिन पनि सचेत गराए । लकडाउनको समयमा नेपालको सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने प्रक्रिया सहज बनाउन पनि आग्रह गर्दै उनीहरुलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न पनि खाँणले माग गरे ।

यसैगरी प्रमुख सचेतक खाँणले गृहमन्त्री रामबहादुर थापा बादल, गृहसचिव महेश्वर न्यौपाने र नेपाल प्रहरीका आइजी ठाकुर ज्ञवालीलाई सुरक्षाको प्रवन्ध चुस्त दुरुस्त बनाएकोमा धन्यवाद दिँदै आगामी दिनमा थप सजग भई काम गर्न र समाजिक दुरी कायम गरी सर्वसाधारणलाई औषधि र अत्यावश्यक खाद्य सामाग्रीको व्यवस्थापन मिलाउन पनि आग्रह गरे  ।

यसका साथै प्रमुख सचेतक खाँणले सातै प्रदेशका नेपाली काँग्रेसका संसदीय दलका नेता र प्रमुख सचेतकलाई पनि टेलिफोन सम्पर्क गरी प्रदेशको अवस्थाका बारेमा जानकारी लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप