केन्द्रीय संस्करण

दिल्लीका मुख्यमन्त्रीद्वारा कामदारलाई राहत दिने घोषणा

person explore access_timeचैत १६, २०७६ chat_bubble_outline0
file photo

नयाँदिल्ली । भारतको नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अन्य राज्यका मजदूरहरुलाई राहतको व्यवस्था गर्ने घोषणा गरेका छन् । सरकारले आवश्यक गृहकार्य शुरु गरिसकेको र चाँडै नै राहत उपलब्ध गराउने उनले  बताए । राहत प्याकेज अन्तर्गत अत्यावश्यक सबै सेवा तथा सामग्री समावेश गरिएको मुख्यमन्त्री केजरीवालको भनाइ छ ।

सामाजिक सन्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘कतिपय कामदारहरु समस्यामा परेको र घर फर्कन लागेको थाहा पाएको छु । समस्याबाट चिन्ता लिन र भाग्न पर्दैन ।’ प्रधानमन्त्री नरेन्द्र मोदीले जो जहाँ छौ त्यही बस्न र कतै नजान आग्रह गरेको पनि उनले स्मरण गराएका छन् ।

प्रधानमन्त्री मोदीको आग्रहलाई दोहो¥याउँदै मुख्यमन्त्री केजरीवालले कोरोनाभाइरस विरुद्धको लडाइँमा साथ दिन आह्वान गरेका छन् । बाहिर हिँड्दा कोरोना भाइरसको संक्रमण थप फैलिने खतरातर्फ पनि उनले ध्यानाकर्षण गराएका छन् ।

उनले भनेका छन्, ‘तपाइँहरु हिँड्नुभयो र भिड गर्नुभयो भने कोरोना विरुद्धको लडाइँ झन कठिन हुनेछ, त्यसैले घरमै बसेर सहयोग गर्नुहोला तपाइँलाई चाहिएका सबै सेवा र सामग्री हामी घरघरमै अवश्य ल्याइदिनेछौ ।  कामदारहरु गाउँ नर्फकिउन् भन्ने सरकारको चाहना रहेको पनि मुख्यमन्त्री केजरीवालको भनाइ छ । –एएनआई
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.