शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल कोरोना महामारीमा फस्न थालेको भन्दै प्रचण्डले लेखे चिनियाँ राष्ट्रपति सीलाई पत्र

आइतबार, १६ चैत २०७६, १८ : २७
आइतबार, १६ चैत २०७६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्टपति सी जिनफिगलाई पत्र पठाउदै कोरोना नियन्त्रणमा सफल भएकोमा बधाई दिएका छन् । अध्यक्ष प्रचण्डले राष्ट्रपति सीलाई गत मार्च २६ मा पठाएको पत्रमा कोरोना महामारी नियन्त्रणमा चीन सफल भएकोमा बधाई दिएका हुन् । 

‘चीनले कोरोना संक्रमणलाई सफलतापूर्वक नियन्त्रण गरेको मिडियाहरुका समाचारबाट थाहा पाएको छु । यो लडाइँमा जित हात पारेकोमा म नेकपाका तर्फबाट बधाइ दिन्छु’ अध्यक्ष प्रचण्डले पत्रमा भनेका छन् ।  त्यस्तै, प्रचण्डले राष्टपति सीलाई कोरोनाको महामारीसँग जुध्न नेपाललाई औषधि र अन्य मेडिकल सामग्री  सहयोग गर्न पनि आग्रह गरेका छन् । महामारीविरुद्ध जुध्न अत्यावश्यक मेडिकल इक्युपमेन्टलगायत अन्य सामग्रीको जरुरत रहेको बताउँदै अध्यक्ष प्रचण्डले आवश्यक सामग्री सहयोग गर्न अनुरोध समेत गरेका छन् । उनले नेपाल कोरोना महामारीको चपेटमा पर्न थालेको र महामारीसँग जुध्न पूर्ण तयारी गरिनसकेको बताउँदै त्यसका लागि तत्काल मेडिकल सामाग्रीको आवश्यक रहेको पत्रमा उल्लेख गरेका छन् ।

कोरोना भाइरसबाट चीनमा ८१ हजार ४ सय ३९ जना मानिस संक्रमित भएका थिए । तीमध्ये तीन हजार तीन सयको मृत्यु भएको छ । विश्वभर यो महामारीबाट अहिलेसम्म करिब ३२ हजार  मानिसको ज्यान गइसकेको छ ।

यस्तो छ प्रचण्डले सीलाई लेखेको पत्र:

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप