कोरोना जाँच्न मानिसलाई यसरी ट्याकिङ र ट्रेसिङ गर्न सकिन्छ
विज्ञानका अध्येता उत्तमबाबु श्रेष्ठले कोभिड–१९ को महाव्याधिसँग जुघ्न सरकारले चालिरहेको कदमको सन्दर्भमा निक्कै सान्दर्भिक र विचारणीय सुझावहरु अगाडि सारेका छन् ।
आफ्ना फेसबुक पेज र ट्वीटरमार्फत् उनले सरकारलाई दिएको सुझाव यस्तो छः
कोभिड १९ सँग लड्नको लागि विश्वका विभिन्न देशले प्रविधिको भरपूर प्रयोग गरिरहेका छन् । विषेशगरी चीन, कोरियाजस्ता मुलुकले फोनको लोकेसन पत्ता लगाउने (phone location tracking), अनुहार चिन्ने (face recognition) जस्ता प्रविधि यसको नियन्त्रणको लागि प्रयोग गरेका खबर आएका छन् । यतिखेर भारतलगायतका अन्य १९ देशले फोनको लोकेसन पत्ता लगाउने प्रविधि कोभिड १९ सँगै जुध्नको लागि प्रयोग गरिरहेका छन् । नेपालमा पनि व्यक्तिको फोनको लोकेसन पत्ता लगाउने प्रविधि आएको निकै भयो । अहिले पनि यो प्रविधि चोरी भएको फोन पत्ता लगाउन प्रयोग गरिन्छ । अहिलेसम्म कोरोना संक्रमितहरुको संख्या हेर्दा विदेशबाट आउने यात्रुहरुमा देखिन्छ, जुन स्वाभाविक हो ।
उनीहरुलाई ट्याकिङ र ट्रेसिङ गर्न सजिलो होस् भनेर त्रिभुवन विमानस्थलमा कोरोना महामारीपछि सबैको यात्रा र व्यक्तिगत विवरण भर्न लगाइएको थियो । म १६ दिनअघि त्यहाँबाट आउँदा त्यस्तो फर्म भरेको थिएँ । यात्रुहरुबाट भराइएका फारमलाई कम्प्युटरमा सारेर त्यसबाट तथ्यांक बनाउनुपर्यो । तर त्यो हालसम्म नगरिएको थाहा लागेको छ ।
त्यस्तो होला र उनीहरुलाई ट्याकिङ र ट्रेसिङ गर्न सजिलो होस् भनेर त्रिभुवन विमानस्थलमा कोरोना महामारीपछि सबैको यात्रा र व्यक्तिगत विवरण भर्न लगाइएको थियो । म १६ दिनअघि त्यहाँबाट आउँदा त्यस्तो फर्म भरेको थिएँ । यात्रुहरुबाट भराइएका फारमलाई कम्प्युटरमा सारेर त्यसबाट तथ्यांक बनाउनुपर्यो । तर त्यो हालसम्म नगरिएको थाहा लागेको छ । अहिले पनि १०० जना मान्छेहरुले रातदिन काम गरे भने त्यसलाई केही दिनभित्रमै कम्प्युटरमा तथ्यांक बनाएर राख्न सक्छन् । घर बसेका सरकारी कर्मचारीहरुबाट त्यस्तो सहयोग लिन सकिन्छ । उनीहरूले घरमा बसेर कागजमा भरिएको विवरणलाई कम्पुटरमा सार्न सक्छन् ।
त्यसको साथै स्थानीय तहबाट पनि विदेशबाट आएका व्यक्तिहरुको तथ्यांक संकलन भइरहेको छ । म हाल बसिरहेको गोरखा नगरपालिकाले पनि त्यसो गरिरहेको छ । उनीहरूले मेरोबारे खोजेकाले मैले जानकारी पाएको हो । अन्य स्थानीय निकायले गरेका कुरा सामाजिक सन्जालमा आएका छन् । यसलाई स्थानीय एफएमहरूबाट सूचना प्रकाशित गरेर देशव्यापी बनाउन सकिन्छ । त्यसरी स्थानीय तहमा संकलन गरिएका तथ्यांकहरुमा विदेशबाट आएका व्यक्तिहरुको फोन नम्बर अनिवार्य रुपमा संकलन गर्नपर्यो । विमानस्थलबाट लिइएका र स्थानीय निकायबाट संकलन गरिएका तथ्यांकहरुको एउटा केन्द्रीय डाटाबेस बनाएर उनीहरुलाई सम्भावित सैक्रमित मानेर उनीहरुका फोन नम्बरको आधारमा फोनको लोकेसन पत्ता लगाउन सकिन्छ ।
त्यसको आधारमा उनीहरुको लोकेसन पत्ता लगाएर उनीहरुसँग सम्पर्क गरेर वा गर्न लगाएर आइसोलसनमा बसेको नबसेको मात्रै होइन, उनीहरुलाई उचित स्वास्थ्य सल्लाह, मनोवैज्ञानिक परामर्श दिन सकिन्छ । त्यसको साथै उनीहरुको, उनीहरुसँग सम्पर्कमा आएका व्यक्तिहरुको परीक्षण गर्न पनि सहज हुन्छ जुन रोगलाई फैलन नदिन अनिवार्य छ । अहिले सबैले भनिरहेको ट्याकिङ र ट्रेसिङ भनेको यही हो जस्तो लाग्छ ।
उनीहरुको लोकेसन पत्ता लगाएर उनीहरुसँग सम्पर्क गरेर वा गर्न लगाएर आइसोलसनमा बसेको नबसेको मात्रै होइन, उनीहरुलाई उचित स्वास्थ्य सल्लाह, मनोवैज्ञानिक परामर्श दिन सकिन्छ । त्यसको साथै उनीहरुको, उनीहरुसँग सम्पर्कमा आएका व्यक्तिहरुको परीक्षण गर्न पनि सहज हुन्छ जुन रोगलाई फैलन नदिन अनिवार्य छ । अहिले सबैले भनिरहेको ट्याकिङ र ट्रेसिङ भनेको यही हो जस्तो लाग्छ ।
सम्भावित संक्रमित कहाँ छन् भनेर पत्ता नलगाई कसरी परीक्षण गर्ने ? अहिले त टेकुमा भइरहेको छ । चीनवाट आएका पोर्टेबल डिभाइस र किटबाट परीक्षण गर्न यो तथ्यांक उपयुक्त हुनसक्छ । मेरो विचारमा सूचना प्रविधिका विज्ञ, तथ्यांकशास्त्री, जिआइएसका विज्ञहरुले त्यस्ता तथ्यांकको आधारमा फोनको लोकेसन र मान्छेको अवस्था पत्ता लगाइदिने काम गर्न सक्छन् ।
यदि हामीले कोरोनापछि विमानस्थलबाट नेपाल भित्रिएका मानिसहरुको अहिलेको लोकेसन मात्रै पनि पत्ता लगाउन सक्यौं भने त्यही परिमाणको टेस्ट किटहरु विभिन्न ठाउँमा पठाउने गर्न सक्छौं । धेरै जना भएका ठाउँमा धेरै र थोरै जना त्यस्ता सम्भावित संक्रमित भएका ठाउँमा थोरै । हामीसँग टेस्ट किटहरुको अभाव छ । जथाभावी परीक्षण गर्नुभन्दा यसरी अलिकता तथ्यांकहरुको विश्लेषण गरेर गरेमा अँध्यारोमा ढुंगा हान्ने काम हुनबाट रोक्न सकिन्थ्यो ।
हामीले कोरोनापछि विमानस्थलबाट नेपाल भित्रिएका मानिसहरुको अहिलेको लोकेसन मात्रै पनि पत्ता लगाउन सक्यौं भने त्यही परिमाणको टेस्ट किटहरु विभिन्न ठाउँमा पठाउने गर्न सक्छौं । धेरै जना भएका ठाउँमा धेरै र थोरै जना त्यस्ता सम्भावित संक्रमित भएका ठाउँमा थोरै । हामीसँग टेस्ट किटहरुको अभाव छ । जथाभावी परीक्षण गर्नुभन्दा यसरी अलिकता तथ्यांकहरुको विश्लेषण गरेर गरेमा अँध्यारोमा ढुंगा हान्ने काम हुनबाट रोक्न सकिन्थ्यो ।
यस्तो तथ्यांकको विश्लेषणले सम्भावित महामारीको केन्द्रविन्दु पत्ता लगाउन सक्छौं । त्यहीअनुसार त्यो ठाउँको अस्पतालमा भ्यान्टिलेटर, आइसोलेसन वार्ड, आइसियू र स्वास्थ्य जनशक्तिको परिचालन गर्न पनि सकिन्छ । अझ यसलाई विस्तार गर्ने हो भने उनीहरू घरमा बसे नबसेको निगरानी पनि गर्न सक्छौं । हामीसँग तथ्यांक भयो भने, विश्लेषणको काम मानिसहरुले टाढा बसेर पनि गर्नसक्छन् । यहाँ कि नेपालबाहिर बसेका वैज्ञानिक, अध्येताहरूले पनि यो काम गरिदिन सक्छन् । हुन त यस्तो काम भइरहेको पनि हुनसक्छ । नभएको भए यसतर्फ ध्यान दिन उचित हुनसक्छ ।
यदि संयन्त्रमा भएका र उच्च सरकारी कर्मचारीहरू तपाईंको साथी छन् भने उनीहरूलाई ट्याग गरिदिनुहोला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु
-
१० बजे १० समाचार : रविबारे अलमलदेखि सुन किन्नेको भिडसम्म
-
भ्रष्टाचारी उम्कन पाउँदैनन् : मन्त्री गुरुङ