सरकारले काठमाडौंमा ५ हजार व्यक्ति राख्न सकिने सार्वजनिक क्वारेन्टाइनस्थल बनाउने
काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा कम्तीमा ५ हजार व्यक्ति राख्न सकिने क्षमताको सार्वजनिक क्वारेन्टाइनस्थल निर्माण गर्ने तयारी गरेको छ ।
कोरोना भाइरस (कोभिड १९) संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले शनिबार गठन गरेको क्वारेन्टाइनस्थल निर्माण तथा व्यवस्थापन कार्यदलको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले उपत्यकामा कम्तीमा ५ हजार व्यक्ति क्षमताको सार्वजनिक क्वारेन्टाइन स्थल तत्काल निर्माण गर्न सम्बन्धित सबै निकाय संयुक्तरूपमा परिचालित हुने र सार्वजनिक क्वारेन्टाइनस्थललाई आवश्यक पर्दा तुरून्त अस्थायी अस्पतालमा रूपान्तरण गर्न सकिने गरी तयारी गर्ने निर्णय गरेको कार्यदलका संयोजक एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईको सचिवालयले जानकारी दिएको छ।
त्यस्तै राष्ट्रिय खेलकुद परिषद्ले काठमाडौं, ललितपुर, पोखरा, बुटवल र धरानमा रहेका होस्टल तथा रङ्गशाला (टेन्टबाट निर्माण गर्न सकिनेसहित) मा क्वारेन्टाइनको लागि व्यवस्थापनको तयारीबारे विवरण पेस गर्न पनि मातहतका निकायलाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता
-
फिल्म ‘खुस्मा’ को छायाङ्कन रुकुमको मैकोटबाट सुरु
-
जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?