शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ह्याम्स अस्पतालमा कोरोनाको आशंका गरिएका बिरामीको चेकजाँच

आइतबार, १६ चैत २०७६, १६ : २८
आइतबार, १६ चैत २०७६

कतिपय निजी अस्पतालहरुले कोरोना भाइरस (कोभिड १९)को आशंका गरिएका बिरामीको चेकजाँच गर्न आनाकानी गरिरहेको गुनासो आइरहँदा ह्याम्स अस्पतालले भने त्यस्तो आशंका गरिएका ५० जना बिरामीको  चेकजाँच गरेको छ । 

मौसमी फ्लू र कोरोनाभाइरस संक्रमणको लक्षण प्रायः एउटै हुन्छ । कोरोनाभाइरसको आशंकामा चेकजाँचमा आएकालाई अस्पतालले निराश बनाएर नफर्काएको अस्पतालका कार्यकारी निर्देशक डा जोतिन्द्र शर्माले बताए ।
कोरोनाको आशंकामा चेकजाँच आएका  ५०  जना बिरामीमध्ये  १८ जनालाई मौसमीफलू भएको पाइएको उनले बताए । 

१६ जना बिरामीलाई चेकजाँच गरेपछि कोरोनाभाइको आशंकामा टेकुस्थितशुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा नमुना जाँचकालागि पठाइएको थियो । टेकुमा नमुना परीक्षण गर्दा १६ वटामा नै  नेगेटिभ देखिएको  शर्माले बताए ।  

आइतबार अर्थात आजपनि कोरोनाभाइरसको आंशकामा १ जनाको नमुना परीक्षणका लागि  टेकु अस्पतालमा पठाइएको उनको भनाइ छ ।  ज्वरो, सुख्खाखोकी, श्वासप्रश्वासका समस्या तथा रुघाखोकी लागेर कोरोनाको आशंकामा उपचार गर्न आउनलेलाई आइसोलेसनमा राख्ने गरेको उनले बताए ।

ह्याम्स अस्पतालमध्ये दुई तलाको २० कोठा कोरोना भाइरसको संक्रमणको आशंका लागेर आउने बिरामी राख्न छुट्याएको छ । महामारीको बेलामा आशंका लागेर आउने बिरामीलाई अस्पतालमा सहजरुपमा चेकजाँच हुने शर्माले बताए । 

कोरोनाभाइरसको संक्रमण तथा आशंकालागेर उपचार गर्न आएका बिरामीलाई आवश्यक परेको खण्डमा १२ आइसीयु समेत तयारी अवस्थामा राखेको  कार्यकारी निर्देशक शर्माले जानकारी दिए । 

‘सबै निजी अस्पताललाई एउटै तुलोमा राखेर जोख्न हुँदैन,’ उनले भने, ‘सरकारले निजी अस्पतालमा कोरोनाको भएनभएको जाँच्न जाउ भन्नुभन्दा अगाडि नै हामीले जाँच गरेका हौँ।’

अस्पतालमा यसका लागि दक्ष जनशक्ति तयारी अवस्थामा रहेको समेत उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप