शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अप्रिल १५ सम्म हवाई उडान स्थगित गर्ने उच्चस्तरीय समितिको निर्णय

आइतबार, १६ चैत २०७६, १६ : २४
आइतबार, १६ चैत २०७६

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तत्काल प्रदेशहरुमा पाेटेबल तथा पीसीआर मेसिन पठाउने निर्णय गरेको छ । आइतबार बसेको उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समितिले सो निर्णय गरेको हो । समितिले बढिभन्दा बढि प्रभाव र आवश्यकताको आधारमा ती सामाग्रीहरु पठाउने तयारी गरेको छ । । समितिको बैठकले प्रदेश २ मा एक थान, प्रदेश ५ मा १ थान, कर्णाली प्रदेशको सुर्खेतमा रहने गरी एक थान र सुदूरपश्चिममा एक थान पठाउने निर्णय गरेको छ । एक थान सुरक्षित राख्ने र त्यसलाई आवाश्यकताका आधारमा पठाउने निर्णय समेत गरेको छ ।  

त्यसैगरी प्रत्येक प्रदेशमा एक–एक हजारका दरले पीपीई पठाउने निर्णय समेत बैठकले गरेको छ । त्यस्तै समितिले तोकेको मापदण्डअनुसार क्वरेन्टाइनहरु बनाउने र सञ्चालनका लागि सुरक्षा निकायको सहयोग लिने निर्णय गर्दै भारतबाट नेपाल आएर सिमामा अलपत्र परेकाहरुलाई नेपाल ल्याउने र उनीहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने निर्णय समेत एको छ । बैठकले विदेशमा रहेका विद्यार्थीहरुका हकमा उनीहरुलाई अभिभावकमार्फत रकम पठाइदिने व्यवस्था गर्ने र तत्काल जो जहाँ छन् त्यही बस्न लगाउने निर्णय गरेको छ भने हवाई उडान आगामी अप्रिल १५ सम्म स्थगित गर्ने निर्णय गरेको छ । कोरोना प्रभावितलाई दिइने राहतबारे पनि  छलफल जारी रहेको भन्दै छिट्टै निर्णय आउने समितिका प्रवक्ता नारायण विडारीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप