शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

उद्योग वाणिज्य महासंघले भोलिदेखि राहत वितरण गर्ने

आइतबार, १६ चैत २०७६, १६ : ००
आइतबार, १६ चैत २०७६

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भोलिदेखि राहत वितरण गर्ने भएको छ । महासंघले चामल, दाल लगायतका खाद्यान्न र मास्कसहितको मेडिकल उपकरण बाँड्न लागेको अध्यक्ष भवानी राणाले बताइन् । 
महासंघले प्रत्येक श्रमिकलाई ५ किलो चामल र १ किलो दालको दरले वितरण गर्नेगरी सामान प्याकेटिङ गरिरहेको छ ।  भोलिदेखि ठाउँ हेरेर पकेट–पकेटमा त्यस्तो राहत सामाग्री वितरण गर्ने योजना बनाएको राणाले बताइन् । सरकारसँगको समन्वयमा यस्तो राहत सामाग्री वितरण हुनेछ ।

महासंघले सरकारले स्थापना गरेको कोरोना रोकथाम राहत कोषमा ५० लाख सहयोग गर्ने यसअघि नै घोषणा गरिसकेको छ । अरु डेढ करोडको खाद्य सामाग्री र औषधि बाँड्ने उनले बताइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप