मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

धनगढीमा विदेशबाट आउनेको विवरण संकलन गरिँदै

आइतबार, १६ चैत २०७६, १५ : ५७
आइतबार, १६ चैत २०७६

–टंक कुँवर
कैलाली । कोरोना महामारीप्रति उच्च सतर्कता अप्नाउदै कैलालीमा विदेशबाट आएकाहरुको विवरण संकलन गर्न थालिएको छ । आज धनगढी उपमहानगरपालिका वडा नं १३ को वडा कार्यालयले विदेशवाट आएकाहरुको विवरण संकलन गरेको हो ।

संकलन गरिएको प्राप्त विवरणमा भारतबाट २२, दुवईबाट १, अस्टेलियाबाट १ र कोरियाबाट १ जना गरी जम्मा २५ जना नेपाली आएको पाइएको छ । ‘संकलन गरिएको विवरणमा २५ जना विदेशबाट आएको पाइएको छ’ वडा नं १३ का वडाअध्यक्ष विजयराज जोश ले रातोपाटीलाई जानकारी दिए । उनीहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गरेका छौ’ जोशीले भने, ‘केही अप्ठयारो महशुस भए फोन गर्न पनि भनेका छौ ।’
धनगढीका ३४ वर्षीया एक युवालाई कोरोना भाईरस पुष्टि भएपछि सुदुर पश्चिमा सन्त्रास छाइरहेको उनले बताए ।  सरकारको मात्र मुख ताकेर हुँदैन स्वयम् नागरिकले संक्रमणबाट वच्न सचेत हुन जरुरी रहेको उनको भनाई छ ।

‘हामी वडावासीका लागी आफ्नो ठाउँबाट लागिरहेका छौ’अध्यक्ष जोशीले भने, ‘आजै विदेशबाट आएका २५ जनालाई हात धुने साबुन सेनिटाईजर दिने तयारी गर्दैछौ ।’ त्यसैगरी अन्य वडा कार्यालयहरुले पनि उच्च सर्तकता अप्नाउदै सरकारले गरेको लकडाउनको पूर्ण कार्यान्वयन गर्न नागरिकलाई अनुरोध गरेको छ । धनगढी उपमहानगरपालिकाले सबै वडाका विभिन्न क्षेत्रमा औषधी स्प्रे मेसिनको प्रयोग गरेर सवै गल्लीहरुमा छर्किएको छ ।

 धनगढी उप–महानगरपालिकाले आफ्नो श्रोत र साधनले भ्याएस सम्म काम गरिरहेको छ, ‘नगरप्रमुख वडले भने, संवेदनशील अवस्थामा सबैको समन्वय आवश्यक छ ।’  नगरप्रमुख वडले नगरवासीले लकडाउनको पालना गरेर सेल्फ क्वान्टाईनमा बसेमा मात्रै पनि आफुहरुलाइृ ठूलो सहयोग हुने बताए । उनले भने, ‘सबैले सरकारले गरेको लकडाउनको पालना गरिदिनहुन अनुरोध गर्दछौं ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप