शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दैनिक ३० करोड राजश्व संकलन गर्ने भैरहवा भन्सार कार्यालयले उठायो जम्मा ९४ लाख

आइतबार, १६ चैत २०७६, १५ : ३९
आइतबार, १६ चैत २०७६

बुटवल । नेपालको उच्च राजस्व संकलन गर्ने कार्यालय मानिने भैरहवा भन्सार कार्यालयमा लकलडाउनले प्रत्यक्ष असर पारेको छ । दैनिक ५ सयभन्दा धेरै गाडी पास हुने सो कार्यालयमा अहिले अत्यावश्यक सामाग्री लिएर दुई  तीन  दर्जन गाडी मात्र आउने गरेका छन् । त्यसैले राजस्व संकलनमा पनि निकै कमी आएको छ । ग्यास, तेल, तरकारी, फलफुलका गाडी भने नियमित आउने गरेको भन्सार कार्यालयले जनाएको छ  ।

वार्षिक १ खर्ब ६ अर्व राजश्व संकलन गर्ने लक्ष्य लिएको भन्सार कार्यालयले सामान्यतः दैनिक ३० करोड रुपयाँ संकलन गनुपर्ने हुन्छ । तर अहिले लकडाउनका कारण दैनिक करोड पनि संकलन भएको छैन । भैरहवा भन्सार कार्यालयका प्रमुख कलमराज भट्टराईले रातोपाटीसँग भने, ‘दैनिक रुपमा उठाउनुपर्ने रकम नै उठेको छैन । सामानहरु अत्यावस्यक मात्र आएको छ अरु नभएपनि राजस्वमा प्रत्यक्ष असर पर्ने नै भयो । दैनिक ३० करोड उठ्ने ठाउँमा ९४ लाखमा सीमित भएको छ, यसले कति असर पार्छ भन्न सकिदैन् ।’

 ६ दिनमा के–के सामान आएका छन् ?

कोरोना महामारीका कारण सरकारले शुरुमा आगमन रोकपनि मालवाहक गाडी रोकिएका थिएनन् ।  जसकारण चैत १० गतेसम्म भैरहवा भन्सार कार्यालयमा चलहपहल राम्रै थियो । जब लकडाउन सुरु भयो, त्यसपछि मालवाहक गाडीको आगमन घटेको छ । त्योसँगै राजस्व समेत झन् घट्यो । दैनिक रुपमा भारत जाने–आउने सवारीबाट ३० करोड राजश्व उठ्थ्यो तर अहिले त्यो घटेर दैनिक ९४ लाख सिमित भएको छ । आहिले पनि भारतबाट ग्याँस वुलेट, पेट्रोलियम पदार्थको ट्ंयाकर, तरकारी र फलफुलका गाडी भने आइरहेका छन् । नेपालबाट भने ग्याँसका रित्ता बुलेट मात्र भारत जाने गरेका छन् । अरु सवारी भने रोकिएको भन्सार कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयका सूचना अधिकारी पूर्ण लम्सालकाअनुसार लकडाउनको पहिले दिन ११ गते ८० वटा  गाडी नेपाल भित्रिएका थिए । जसमा ७ वटा ग्यासँको वुलेट र १८ वटा तेल ट्यांकर रहेका छन् । १२ गते ९३ वटा गाडी भित्रिएका छन् । त्यसबेला ६ वटा ग्याँसका वुलेट र १९ वटा तेलका गाडी भित्रिए ।  १३ गते १९७ वाट गाडी भित्रिएका छन् ।  लकडाउनको अवधिमा सवैभन्दा धरै गाडी १३ गते भित्रिएको सूचना अधिकारी लम्सालले बताए । 

यस्तै १४ गते १०५ वटा गाडी भित्रिएका छन् । जसमा १३ वटा ग्याँस बुलेट र ८ वाट तेलका गाडी आएको रेकर्ड छ । हिजो १५ गते ६६ वटा गाडी आएका छन् । जसमा २१ वटा ग्याँस आएका छन् । आज दिउँसोसम्म ७४ वटा गाडी नेपाल भित्रिएका छन् । हिजो र आज तेलका गाडी आएका छैनन् ।  प्रमुख  भटराईले भने, 'बजारमा माग नभएर हो या आयल निगममा तेल स्टोर नभएका कारण हो, उताबाट गाडी पठाएको छैन ।’

तेलको समस्या छैन: व्यावसायी
भैरवहवा भन्सार कार्यालयबाट आउने तेल र ग्याँस आयत नियमित नै देखिएको छ । यसले बजारमा आतिहाल्नुपर्ने अवस्था छैन । लकडाउनको अवधिमा सवै जना घरमा बस्ने भएकोले सवारी सधानहरु निकै कम चल्ने नै भए । जसका कारण तेलको माग कम भएको देखिएको छ । त्यसैले बुटवल, भैरहवा, कपिलबस्तु लगायतका पेट्रोल पम्पमा तेल मनग्य रहेको बताइएको छ  ।

पश्चिमाञ्चल पेट्रोलियम व्यवसायी संघ बुटवलका निवर्तमान अध्यक्ष राजेन्द्र गुप्ताले बजारमा तेलको अभाव नभएको  रातोापाटीलाई बताए । उनले भने, तेल बिक्री नै छैन, सबैको पम्पमा तेल छ, आतिनु पर्दैन ।’ भन्सार कार्यलय प्रमुख भटराईले पनि ग्याँस र तेल पुरानै तरिकारले आइरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप