शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा कोरोनाको इपिसेन्टर बन्दै मुम्बई, चार चिकित्सकमा पनि संक्रमण

आइतबार, १६ चैत २०७६, १५ : १०
आइतबार, १६ चैत २०७६

एजेन्सी । भारतमा बलिउडको चमकका साथै देशको आर्थिक केन्द्र मानिने मुम्बई पछिल्लो समय कोरोनाभाइरस संक्रमणको इपिसेन्टरका रुपमा देखा परेको छ । भारतमै कुल संक्रमित र संक्रमणबाट मृत्यु हुनेको संख्या मुम्बईमा सर्वाधिक देखिएको हो ।
आइतबार बिहानसम्म मुम्बईमा चार चिकित्सकसमेत एक सय १० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । मुम्बईमा अहिलेसम्म ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अधिकारीहरुका अनुुसार संक्रमित बिरामीको उपचार गर्ने क्रममा चार चिकित्सकलाई संक्रमण भएको हो । महाराष्ट्र मेडिकल काउन्सिलका अध्यक्ष डा. शिवकुमार उत्तुरेका अनुसार चिकित्सकहरुका लागि सुरक्षाका पर्याप्त संशाधनको अभावमा संक्रमणको जोखिम बढ्दै गएको हो ।

शनिबार मुम्बईको सैफी अस्पतालमा कार्यरत एक सर्जनको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । परीक्षणका क्रममा ती सर्जनका छोरा र नातिमा समेत संक्रमण पाइएको अधिकारीहरुले जनाएका छन् ।
‘लकडाउन’का कारण मुम्बईमा भारतका विभिन्न स्थानबाट उपचारका लागि गएका करिब दुई सय बिरामी र उनीहरुका आफन्तसमेत थुनिएका छन् । अस्पतालबाट डिस्चार्ज भइसकेको अवस्थामा समेत लकडाउनका कारण घर फर्कन नपाएर उनीहरुको बिचल्ली भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप