शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गायक बद्री पंगेनीले गरे कारोना रोकथाम कोषमा ५० हजार सहयोग

आइतबार, १६ चैत २०७६, १४ : २४
आइतबार, १६ चैत २०७६

काठमाडौ । लोक दोहारी गायक बद्री पंगेनीले  सरकारले कोरोना भाइरस रोकथामका लागि खडा गरेको कोषमा ५० हजार  रुपैयाँ सहयोग गरेका छन् । सरकारको पछिल्लो तत्परता लाई ध्यानमा राख्दै पंगेनीले उक्त रकम सहयोग गरेका हुन्। 

अहिले धापासीस्थित निवासमा लकडाउनको अवस्थामा समय बिताइरहेका पंगेनीले  राष्ट्रिय बाणिज्य बैंकमार्फत उक्त कोषमा रकम दाखिला गरेका हुन् । सबैको सानोसानो सहयोगले सरकारलाई अहिलेको बिपतबाट पार पाउन सजिलो हुने उनको धारण रहेको छ । यो लक डाउनमा आफुले पुस्तक पढ्ने, फिल्म हेर्ने र नयाँ गीत बनाउनेमा समय बिताइरहेको पंगेनीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप