केन्द्रीय संस्करण

तारा एयरको ‘रिलिफ फ्लाइट’: आज लुक्लाबाट ३० जना पर्यटक र २८ जना ट्रेकिङ गाइडहरुको उद्धार

person explore access_timeचैत १६, २०७६ chat_bubble_outline0

काठमाडौं– तारा एअरले आइतबार लुक्लाबाट ३० जना पर्यटक र २८ जना ट्रेकिङ गाइडहरुको उद्धार गरेको छ । नेपाल पर्यटन बोर्डको अनुरोधमा टुरिष्ट गाइड, ट्रेकिङ कम्पनीका सञ्चालक तथा कर्मचारी लगायतका नेपालीहरुलाई पनि उद्धार गरिएको एयरलाइन्सले जनाएको छ ।   

कोभिड–१९ को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सर्तकता अपनाउँदै ‘नेपाल लकडाउन’ पश्चात् पर्यटकहरु लुक्लामा अलपत्र परेका अमेरिकन र बेलायती नागरिकहरुलाई यती एयरलाइन्सको भगिनी संस्था तारा एअरले उनीहरुको उद्धार गरी आज काठमाडौं ल्याएको हो । एयरलाइन्सको ‘रिलिफ फ्लाइट’ सञ्चालन गरिएको आज चौथों दिन हो । 

शनिवार दिउँसो १५ जना अमेरिकन नागरिकलाई लुक्लाबाट उद्धार गर्न तारा एयरको विमान तयारी अवस्थामा रहेपनि खराव मौषमका कारण रद्द भएकोले सो उडान आज विहान ७ बजेको लागि सारिएको थियो । 

काठमाडौं स्थित बेलायत र अमेरिकन दूतावासले आफ्ना नागरिकहरुको उद्दारका लागि अनुरोध गरेपछि नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिएर नीजि वायुसेवा कम्पनी तारा एयरले पर्यटकहरु उद्धारका लागि १८ सिट क्षमता भएको 9N ALO ट्वीन अटर विमान लुक्ला पठाएको थियो । 

यसअघि, यती एयरलाइन्सले शुक्रवार र शनिवार गरी पोखराबाट ६० जना पर्यटकहरुलाई उद्दार गरी काठमाडौं ल्याएको थियो । 

साथै, तारा एयरले चैत १३, १४ र १५ गते गरी लुक्लाबाट जम्मा ८१ जना पर्यटकहरुलाई उद्धार गरिसकेको छ । लकडाउन पश्चात् अलपत्र परेका पर्यटकहरुको उद्धारका लागि सम्बन्धित निकायहरुसँग सहकार्य गरी यती एयरलाइन्सले जहाज पठाइरहेको छ । 


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.