शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नदीमा करेन्ट लगाई माछा मारेको अभियोगमा ६ जना पक्राउ

आइतबार, १६ चैत २०७६, १२ : २३
आइतबार, १६ चैत २०७६

पर्वत ।  कुश्मा नगरपालिका-८ परादीस्थित मोदी नदीमा करेन्ट लगाई माछा मारेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
    पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्नेहरु ३१ वर्षीय दिनेश थापा मगर, ३७ वर्षिय राजु थापा मगर, २९ वर्षीय विष्णु थापा मगर, २१ वर्षीय समिर क्षेत्री, ३६ वर्षीय दुर्गा पौडेल र ३८ वर्षीय मिसन पौडेल रहेका छन् ।                                                                                                                         
उनीहरुलाई माछा मार्नका लागि प्रयोग गरिएका साधनहरु सहित जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप