शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिरहामा विपन्नलाई खाद्यान्न वितरण

आइतबार, १६ चैत २०७६, ११ : ५८
आइतबार, १६ चैत २०७६

सिरहा ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा), सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ७ कमिटीले वडाका विपन्न, दलित तथा गरिवहरु परिवारलाई राहत सामग्री प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड १९) को कारण दैनिक ज्याला मजदुरी गरिखानेहरु लकडाउनको समयमा कामबाट मञ्चित भएकाले राहतको रुपमा खाद्यान्न सामाग्री वितरण गरिएको हो । 

वडामा रहेका करिव ३ सय पचास भन्दा बढी दलित, गरिव परिवारलाई ५ केजी चामल, दाल, नुन, हातधुन सावुन र परिवार संख्याको आधारमा मास्क वितरवण गरेको स्थानीय नेता जीवन यादवले जानकारी दिए । 
यस्तै नगरपालिले नगरपालिकाका १२ वडाका पाँच सय भन्दाबढी घर परिवारलाई राहत वितरण गरिसकेको पनि मेयर श्रवण यादवले जनाए । 

प्रति परिवारलाई १५ किलो चामल, २ किलो दाल, २ किलो आलु, २ किलो चुरा, भुजा, आधा लिटर खाने तेल, १ किलो नुन, साबुन र परवार संख्याको आधारमा मास्क वितरण गरेको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप