स्वास्थकर्मीको समर्पण र साहसले नै महामारीबाट बाहिर निस्किन सकिन्छ ः महामन्त्री कोइराला
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले स्वास्थकर्मीको मानवीय भावना, समर्पण र साहस नै विश्वब्यापी महामारीबाट बाहिर निक्लने मुख्य मार्ग भएको बताएका छन् ।
चिकित्सक पेसाबाट राजनीतिमा प्रवेश गरेको कोइरालाले आइतरबार सरकार र स्वास्थकर्मीका नाममा अपील जारी गर्दै भने, कुनैपनी स्वास्थकर्मी निस्चित भत्ताले भन्दा मानवीय भावनाले अभिप्रेरित रहन्छन् बिरामीको उपचार गर्न । उनीहरुमा रहेको त्यही मानवीय भावना, समर्पण र साहस नै आजको विश्वब्यापी महामारीबाट बाहिर निक्लने मुख्य मार्ग हो ।
नेपालभरिका सबै स्वास्थकर्मीमा यो प्रतिकुल परिस्थितिमा उच्च मनोबल साथ कार्य गर्न एक चिकित्साकर्मी समेतका नाताले अपील गरेको पत्रमा उल्लेख छ ।
महामन्त्री कोइरालाले स्वास्थकर्मीहरुका लागि अनिवार्य पीपिइको प्रबन्ध समयमै गर्न नसक्नु आजको सरकारको सबैभन्दा ठूलो कमजोरी र लाचारी भएको आरोप लगाए ।
यस्तै कोरोना भाइरस संक्रमण देखिएकाहरुसँग सम्पर्क भएकाहरुको स्वास्थ्यक परिक्षणमा तदारुकता र उच्च सतर्कता सरकारले नदेखाउनु दुःखद भएको उनको भनाइ छ ।
अपिल पत्रको पूर्णअंश
विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरससंग जुध्न नेपाल सरकारले गरिरहेका प्रयत्नहरुलाई नेपाली काँग्रेसले निरन्तर साथ दिँदै आएको छ ।
लकडाउनको पालना गरेर जनताले यो संघर्षप्रती एक्यवद्धता जनाइरहेका छन् । परिणाममुखी रूपमा कार्य गर्न निर्मित वातावरण उपयोग गर्दै अब स्वास्थकर्मी र सुरक्षाकर्मीको नेतृत्वमा हामीले संघर्षमा जीत हासिल गर्नुपर्दछ ।
चिकित्सकका रूपमा लामो समय सेवा र प्राध्यापन समेत गरेको नाताले आजको स्थितीलाई मैले निकैदिन देखि नजिकबाट नियालिरहेको छु । अत नेपाल सरकार र नेपालभरिका स्वास्थकर्मीहरुका नाममा यो अपील सार्वजनिक गरेको छु।
१) कुनैपनी स्वास्थकर्मी निस्चित भत्ताले भन्दा मानवीय भावनाले अभिप्रेरित रहन्छन् बिरामीको उपचार गर्न । उनीहरुमा रहेको त्यही मानवीय भावना, समर्पण र साहस नै आजको विश्वब्यापी महामारीबाट बाहिर निक्लने मुख्य मार्ग हो ।
अत म नेपालभरिका सबै स्वास्थकर्मीमा आजको यो प्रतिकुल परिस्थितिमा उच्च मनोबल साथ कार्य गर्न एक चिकित्साकर्मी समेतका नाताले अपील गर्दछु ।
२) स्वास्थकर्मीहरुका लागि अनिवार्य पीपिइको प्रबन्ध समयमै गर्न नसक्नु आजको सरकारको सबैभन्दा ठूलो कमजोरी र लाचारी हो ।
यथासिघ्र देशब्यापी रूपमा पीपिइ पुर्याएर संभावित संक्रमितको परिक्षण एवं संक्रमितको उपचारमा स्वास्थकर्मीको मनोबल उच्च बनाउन म सरकारसँग अनुरोध गर्दछु ।
३) विश्व स्वास्थ संगठनले बढी भन्दा बढी परिक्षणका लागि अपील गरेको छ । हामी केवल टेकुस्थित रास्ट्रीय प्रयोगशालामा परिक्षण गरेर परिक्षणको चाप धान्न सक्दैनौं । केही थप ठाउँमा शुरु गर्न लागिएको सकारात्मक छ ,तर ७ प्रदेशमै परिक्षण गर्ने ब्यवस्था अब ढिलाइ नगरी शुरु गर्न र क्रमशः त्यसलाई सबै जिल्लामा विकेन्द्रीत गर्न म सरकारलाई विशेष अनुरोध गर्दछु ।
४) हालसम्म पांच जनामा कोरोना संक्रमण देखिएको छ । तर उनीहरु यसबीचमा घुलमिल भएको परिवारका सदस्य,छरछिमेकी एवं ब्यक्तिगत साथी समुहको परिक्षण गर्न जरुरी तदारुकता र उच्च सतर्कता सरकारले नदेखाउनु दुःखद छ । तत्काल परिक्षण गर्ने ब्यवस्था मिलाउन म नेपाली कांग्रेस पार्टीका तर्फबाट सरकारलाई अनुरोध गर्दछु ।
५ ) लकडाउनमा घरभित्र बसेका जनतालाई संक्रमणको कुनै आशंका हुनासाथ घरबाटै सावधानी पुर्वक ल्याएर परिक्षण केन्द्रमा पुर्याउने ब्यवस्था गर्न म सरकारलाई आग्रह गर्दछु ।
त्यसरी आइसोलेसन र संक्रमित देखिए सुरक्षित उपचारको ब्यवस्थाले मात्रै सम्बन्धित ब्यक्तिबाट अन्यमा फैलिन रोक्न सकिन्छ ।
अन्य देशले हासिल गरेको सफलता र असफलता दुवैबाट सिकेर अघि बढ्नु आज हामी सबैको रास्ट्रीय कर्तव्य रहेको अपीलपनि म नेपाली कांग्रेसका तर्फबाट सरकार, सम्बन्धित निकाय र सबै जनतामा गर्न चाहन्छु ।
जय नेपाल
शसांक कोइराला
महामन्त्री
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर
-
औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
-
निजी क्षेत्रलाई विश्वासमा लिएर नेपालमा लगानीमैत्री वातावरण छ भन्ने सन्देश प्रवाह गर्नुपर्छ : प्रधानमन्त्री
-
सहिद पत्नीको व्यथा : सहिद परिवारको परिचयपत्रकै खिल्ली उडाइन्छ
-
भारतबाट मात्रै ३६ अर्ब बराबरको खाद्यान्न आयात
-
आईपीएलमा आज : लखनउसँग हारको बदला लिने धुनमा चेन्नई